site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
दुई दशक नाघेका सवारीसाधन सञ्चालनमा रोक, ३५ दिनभित्र पत्रु गर्न वाग्मती प्रदेश सरकारको निर्देशन

काठमाडौं । वाग्मती प्रदेश सरकारले पूराना सार्वजनिक सवारीसाधनलाई पत्रु गर्नका लागि आउन निर्देशन दिएको छ । आइतबार एक सूचना जारी गर्दै श्रम, रोजगार तथा यातायात मन्त्रालयले ३० वर्ष नाघेका विद्युतीय सवारीसाधन र अन्य सवारीसाधनको हकमा २० वर्ष नाघेकालाई पत्रु गर्न बोलाएको हो ।

मन्त्रालयले प्रदेशभित्रको सवारी तथा यातायात क्षेत्रको व्यवस्थापनको लागि जारी गरेको प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १९ (४) ले यस्तो व्यवस्था गरेको बताएको छ ।

वाग्मती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका उपसचिव शंकरराज पाठकले जारी गरेको सूचनामा भनिएको छ, “२० वर्ष पूराना गाडीहरुको हकमा पत्रु कायम गर्ने भन्ने संघीय सरकारको पनि र प्रदेश सरकारको पनि कानुनमा भएको हुनाले सरोकारवालाहरुलाई सूचना जारी गरिएको हो ।”

यसका लागि सवारी धनीले यातायात कार्यालयहरुमा गएर राजस्व बुझाएर गाडी पत्रु गर्नुपर्नेछ । त्यसपछि ती गाडी चल्न पाउने छैनन् ।

“२० वर्ष पूराना सवारीसाधनहरुले प्रदुषण हुने र यात्राका दृष्टिकोणले पनि सुरक्षित नहुने हुँदा त्यसलाई हटाउने सरकारको नीति हो । त्यो नीति कार्यान्वयन गर्नेक्रममा प्रदेश र संघको कानुन बन्यो । अब त्यो कार्यान्वयनमा जान सूचना जारी गरेको हो,” सूचनामा भनिएको छ ।

सार्वजनिक सवारीबाहेक निजी र अन्य सवारीको हकमा भने यो लागु हुने छैन ।

मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ, “सुरु दर्ता भएको मितिले विद्युतीय सवारीसाधनको हकमा ३० वर्ष र अन्य सवारीसाधनको हकमा २० वर्ष नाघेका सार्वजनिक सवारीसाधनलाई पत्रु गर्नुपर्ने व्यवस्था गरेकोले सोअनुसार यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र प्रचलित कानुनबमोजिम आफ्नो सवारीसाधनको हालसम्म तिर्नु बुझाउनुपर्ने राजश्व बुझाई सवारीसाधन पत्रु गर्ने कार्य सम्पन्न गर्नुहुन सम्बन्धित सरोकारवालाको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ ।”

प्रकाशित मिति: सोमबार, जेठ ८, २०८०  १२:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro