
काठमाडौं । रुसले युक्रेनी सरह बाख्मुटलाई पूर्णरूपमा नियन्त्रणमा लिएको बताएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेना र भाडामा रहेको सेना वाग्नर समूहलाई सहर कब्जा गरेकोमा बधाई दिएका छन् ।
जी–७ सम्मेलनको अन्तिम दिन जापानमा रहेका युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले पनि बाख्मुटको पतन भएको पुष्टि गरेका छन् ।
जेलेन्स्कीले रुसबारे बोल्दै भनेका छन्, “उनीहरूले सबै नष्ट गरे । आजका लागि बाख्मुट हाम्रो हृदयमा मात्र छ ।”
रुसको रक्षा मन्त्रालयले शनिबार टेलिग्राम च्यानलमा वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिनले दाबीको करिब आठ घण्टापछि बाख्मुट नियन्त्रणमा ल्याएको घोषणा गरेका हुन् ।
त्यतिबेला युक्रेनी अधिकारीहरूले भने लडाइँ जारी रहेको बताएका थिए । तर, आज भने युक्रेनी राष्ट्रपतिले पनि बाख्मुट रुसको नियन्त्रणमा गइसकेको पुष्टि गरेका हुन् ।
युक्रेनसँग जारी करिब १५ महिनाको युद्धमा सबैभन्दा रक्तपातपूर्ण लडाइँ भएको बाख्मुटको नियन्त्रण रुसका लागि १० महिनायताकै सबैभन्दा ठूलो जित हो । यहाँको लडाइँमा दुवै पक्षले ठूलो मात्रामा सैन्य र अन्य क्षति ब्यहोरेको आँकलन गरिएको छ । अल्जजिरा