site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तातोपानी नाकाबाट भित्रियो १४ हजार ६०० टन रासायनिक मल 
फाइल तस्बिर।

काठमाडौं । नेपालको उत्तरी सीमानाका तातोपानीबाट रासायनिक मल भित्रिन सुरु भएको छ । तातोपानी नाकाबाट पछिल्लो सातादेखि करिब ३५ हजार टन रासायनिक मल भित्रिएको हो । 

साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको छ । सिल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख सञ्चालन अधिकारी दामोदर सत्यालले सात हजार १०० टन रासायनिक मल ल्याउने तयारी रहेको बताए । उनले यसअघि नै ट्रान्सपोर्टले तीन हजार ५०० टन कृषि सामग्री र चार हजार टन साल्ट ट्रेडिङलाई तातोपानी नाकाबाट रासायनिक मल ल्याएर बुझाइसकिएको बताए । 

केही समयअघि नै आउनुपर्ने मल कोभिडको कारणले रोकिएकाले अहिले आएको बताउँदै उनले तातोपानी भन्सारको मल राख्ने क्षमता सात हजार १०० टन रहेकाले अहिलेको लागि त्यति बराबरको मल ल्याउने तयारी गरेको बताए । उनले बाँकी मल चीनको सिगात्सेमा ल्याएर राखिएको बताए । 

तातोपानी नाकाबाट पछिल्लो पाँच दिनमा दैनिक नौवटासम्म मलका कन्टेनर ल्याएको बताउँदै उनले तातोपानी नाका नेपालको चीनसँगको नजिकको नाका भए पनि नेपालतर्फको सडक मार्गमा समस्या रहेको बताए । सडक मार्ग राम्रो भएको खण्डमा नेपालमा आवश्यक पर्ने ५० प्रतिशत मल चीनबाट ल्याउन सकिने उनले बताए । 

सिल्क ट्रान्सपोर्ट कम्पनीले सरकारलाई समयमा नै मल ल्याएर दिने गरी आयात गरिरहेको उनले बताए । भन्सारमा आएको मलको परीक्षण र इन्स्पेक्सन प्रक्रिया तत्काल गरिदिए एक हप्तामा नै कृषि सामग्री कम्पनीलाई बुझाउन सकिने उनले बताए । 

रासायनिक मल चीनको सिगात्सेसम्म रेल र त्यहाँबाट तातापानी नाकासम्म कन्टेनरमार्फत मल ल्याइएको सिल्क कम्पनीले जानकारी दिएको छ । 

तातोपानी भन्सार कार्यालयका भन्सार अधिकृत उदयसिंह बिष्टले खाद्यान्न, लत्ताकपडा, इलेक्ट्रोनिक तथा अन्य सामग्री आयात हुने गरेकामा पछिल्लो यो साता रासायनिक मल आयात भइरहेको बताए । चीनबाट तातोपानी नाका हुँदै आयात एकदमै कम रहेको बताउँदै उनले पछिल्लो समय आयात भइरहेको अवस्था हेर्दा भन्सार कार्यालयले राजश्व संकलन गर्ने लक्ष्य पूरा गर्न नसक्ने अवस्थामा रहेको बताए । 

तातोपानी नाकाबाट चालु आर्थिक वर्षमा चार अर्ब ६२ करोड राजश्व संकलन गर्ने लक्ष्य भए पनि अहिलेसम्म दुई अर्ब ५४ करोड अर्थात ४५ प्रतिशत मात्रै राजश्व संकलन भएको बताए । उनले तातोपानी नाकामा भइरहेको आयातको अवस्थालाई हेर्दा कम्तिमा ६२ प्रतिशतसम्म राजश्व संकलन हुने अवस्था देखिएको बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  १२:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro