site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जी–७ सम्मेलनमा सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति, एफ–१६ लडाकु विमान दिन अमेरिका तयार
Sarbottam CementSarbottam Cement

काठमाडौं । जी–७ का नेताहरूको वार्षिक शिखर सम्मेलन जापानको हिरोशिमामा जारी छ । विश्वको ठूलो अर्थतन्त्र भएका सात देशको समूह हो, ग्रुप अफ सेभेन (जी–७) ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की शनिबार बिहान अचानक सो सम्मेलनमा पुगेका थिए । आज उनले सम्मेलनमा सम्बोधन गर्ने बताइएको छ । जी–७ का नेताहरूले युक्रेनका लागि थप सैन्य सहायता प्याकेज घोषणा गर्ने पनि बताइएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जेलेन्स्कीले विश्वभरका नेताहरूसँग थप सैन्य सहायता मागिरहेका छन् । उनले आज बिहान क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग द्विपक्षीय वार्ता गरेका छन् ।

जी–७ का नेताहरूले रुसबाट हिरा र अरू व्यापारिक आयातमा प्रतिबन्ध लगाएका छन् ।

Global Ime bank

किभलाई अत्याधुनिक लडाकु विमान एफ–१६ दिन पनि यो समूहका सबै नेताहरू तयार भएका छन् । अमेरिका यसअघि उक्त विमान दिन नहुने पक्षमा थियो । गएको जनवरीमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई यो लडाकु विमान पठाउनु युद्धमा आफ्नो प्रत्यक्ष संलग्नता हुन जाने बताएका थिए । अहिले उनी पनि एफ–१६ पठाउन अनुमति दिन तयार भएका हुन् ।

सम्मेलनमा नेताहरूले चीनले धेरै देशविरुद्ध आर्थिक जबरजस्ती प्रयोग गरेको भन्दै चेतावनी पनि दिएका छन् ।

जी–७ का नेताहरूले पहिले नै आफ्नो शिखर सम्मेलनको विज्ञप्ति जारी गरिसकेका छन् । विज्ञप्तिमा रुसको निन्दा गरिएको छ । बेइजिङले जी–७ को आरोपप्रति कडा असन्तुष्टि व्यक्त गरेको छ । चीनले सम्मेलनको आयोजक जापानको पनि आलोचना गरेको छ ।

अमेरिका, बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली र जापान रहेको जी–७ ले यो वर्षको सम्मेलनमा थप आठ राष्ट्रलाई निम्तो पठाएको थियो । युरोपियन युनियन (ईयू) पनि यसको गणना नहुने सदस्य हो । बीबीसी र अलजजिराबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ ७, २०८०  ११:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC