site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोहलीको शतकमा बेङ्लोरको सहज जित, प्लेअफ सम्भावना कायमै

काठमाडौं । विराट कोहलीको शतकप्रेरित रोयल च्यालेन्जर्स बेंलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादलाई आठ विकेटले हराउँदै प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ ।

राजिव गान्धी रंगशालामा सम्पन्न खेलमा हैदराबादले प्रस्तुत गरेको १८७ रनको लक्ष्य बेङ्लोरले १९.२ ओभरमा दुई विकेट गुमाएर पूरा गर्यो ।

बेङ्लोरको जितमा ओपनर विराट कोहलीले १०० रन बनाए । कोहलीले ६३ बलमा १२ चौका र चार छक्का प्रहार गरे । कप्तान फाफ डू प्लेसिसले ४७ बलमा सात चौका र दुई छ्क्का प्रहार गरे ।

यी दुईले पहिलो विकेटका लागि १७२ रनको साझेदारी गर्दै बेङ्लोरको सहज जितको आधार तय गरेका थिए ।

हैदराबादका भुवनेश्वर कुमार र टी नटराजनले समान एक विकेट लिए । 

त्यसअघि, टस हारेर ब्याटिङमा आएको हैदराबादले हेनरिक क्लासेनको शतकमा पाँच विकेट गुमाएर १८६ रनको योगफल खडा गरेको थियो ।

क्लासेनले ५१ बलमा आठ चौका र ६ छक्का प्रहारसहित १०४ रन बनाए । आईपीएलको इतिहासमा पहिलोपटक एकै खेलमा दुवै टिमको ब्याटरले शतक प्रहार गरेका हुन् ।

ह्यारी ब्रुकले २७, कप्तान मार्करम आइदेनले १८, राहुल त्रिपाठीले १५ र अभिषेक शर्माले ११ रन बनाए ।

बेङ्लोरका मिचेल ब्रासवेलले दुई विकेट लिए । हर्सल पटेल, सहबाज अहमेद र मोहम्मद सिराजले समान एक विकेट लिए ।

जितसँगै चौथो स्थानमा उक्लिएको बेङ्लोरले १३ खेलबाट १४ अंक जोड्दै प्लेअफ सम्भावनालाई कायम राखेको छ । १३ खेलबाट आठ अंक जोडेको हैदराबाद भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  २३:३९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro