site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ बने समा र शिशिर
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’ को उपाधि क्रमशः शिशिर वाग्ले र समा पराजुलीले जितेका छन् । सनुर्भी इन्टरनेसनल प्रालिको आयोजनामा काठमाडौंमा भएको प्रतियोगितामा ‘मिस ग्लोब नेपाल २०२३’ रोशनी चन्द र ‘मिस्टर इन्टरनेसनल नेपाल २०२३’ प्रज्ज्वल ताम्राकार घोषित भएका हुन् । 

‘मिस्टर एण्ड मिस नेसनल नेपाल’का विजेताले ‘मिस्टर एण्ड मिस सुप्रानेसनल’मा नेपालको  प्रतिनिधित्व गर्नेछन् । प्रतियोगितामा ‘मिस्टर एण्ड मिस नेसनल नेपाल २०२३’तर्फ उपविजेता साइरस विश्वकर्मा र सरोजी न्यौपाने, दोस्रो मिलन भट्टराई र सम्पदा घिमिरे तथा तेस्रो अंकित कातिला र सुम्निमा खापुंग लिम्बू घोषणा भए । 

प्रतियोगितामा काठमाडौंसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका १७० बाट छानिएका ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले अन्तिम प्रस्तिस्पर्धा गरेका थिए । त्यसबाट छानिएका अन्तिम सातबाट विजेता चयन भएका हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ ४, २०८०  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय