site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस सहरकेन्द्रित भयो : प्रथम राष्ट्रपति यादव
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले कांग्रेस सहरकेन्द्रित भएको आरोप लगाएका छन् । बुधबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको १२औँ राष्ट्रिय महाधिवेशनमा उनले यस्तो बताएका हुन् ।

गिरिजप्रसाद कोइराला रहुन्जेलसम्म गाउँगाउँमा पुगेर पार्टीका कुरा बुझ्ने प्रचलन भए पनि अहिले विस्तारै हराउँदै गएको उनको भनाइ छ ।

Dabur Nepal
NIC Asia

उनले अहिले कांग्रेस केन्द्रीय समितिमा धेरै सदस्य रहे पनि त्यसको सही सदुपयोग हुन नसकेको टिप्पणी गरे । निर्वाचनका बेला आधा मात्र केन्द्रीय सदस्य जिल्लामा खटाएको भए निर्वाचनको नतिजा अर्कै हुने उनले बताए ।

“कांग्रेस सहरकेन्द्रित मात्रै भयो । गिरिजाप्रसाद कोइरालाहरू गाउँकेन्द्रित हुनुहुन्थ्यो, केही समस्या भए उहाँ जिल्ला–जिल्लामा जानुहुन्थ्यो, हामीलाई खटाउनुहुन्थ्यो,” उनले भने, “पहिला केन्द्रिय समितिमा ३०÷३५ जना थियौँ, अहिले बथानै हुनुहुन्छ । कमसेकम आधालाई जिल्ला–जिल्लामा खटाइदिएको भए कम्तीमा एउटामा दुईजना पुग्थे । अरू पार्टीका पार्टीका सदस्यहरू ग्रासरुट गरिरहेका छन् । तपाईंहरू यहाँ बसिरहनुहुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu