site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नक्कली भुटानी शरणार्थी प्रकरण : शेर्पाको प्रारम्भिक, १२ आरोपितको थप बयान लिइँदै
फाइल तस्बिर ।

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका संविधानसभा सदस्य आङटावा शेर्पाको आज बयान लिइँदै छ । आजै उक्त प्रकरणका अरू १२ आरोपितको थप बयान लिइँदै छ ।

शेर्पाको प्रारम्भिक र अरू १२ आरोपितको थप बयान लिइने जिल्ला सरकारी वकिलको कार्यलय काठमाडौंका प्रवक्ता एवं सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

शेर्पाविरुद्ध गएको शुक्रबार पक्राउ पुर्जी जारी भएको थियो । तर, अदालत र प्रहरीले त्यसबारेमा केही खुलाएका थिएनन् । सोमबार शेर्पा आफैँ प्रहरीसमक्ष पुगेका थिए । त्यति बेला उनी आफ्नो विषयमा मिडियामा आएका समाचारबारे बुझ्न आएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको थियो ।

त्यसपछि उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएको थियो । उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न मंगलबार काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ ।

हालसम्म यो प्रकरणमा १४ जना पक्राउ परेका छन् । अदालतले तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीकविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिसकेको छ । उनी फरार छन् ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई विदेश पठाइदिने भन्दै रकम असुली गरी ठगी गरेको उजुरीपछि यो प्रकरणमा अनुसन्धान जारी छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १२:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro