site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
हेटौँडामा जीपको ठक्करबाट बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

मकवानपुर । मकवानपुरको हेटौँडामा जीपको ठक्करबाट आज एक बालकको मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका–११, सिमलटारबाट हेटौँडातर्फ आइरहेको वाग्मती प्रदेश०३–००१च १५९७ नम्बरको जीपले ठक्कर दिँदा सिमलटारका दुई वर्षीय समर लोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको हो । प्रहरीले जीप चालकलाई पक्राउ गरेको छ । रासस

प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  १०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro