site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
मुम्बईविरुद्ध लखनउको रोमाञ्चक जित
SkywellSkywell

काठमाडौं । लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सविरुद्ध पाँच रनको रोमाञ्चक जित निकालेको छ । मंगलबार अटल विहारी वाजपेयी एकना रंगशालामा लखनउले दिएको १७८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १७२ रन मात्र बनाउन सक्यो । जितसँगै लखनउको प्लेअफ प्रवेशको सम्भावनालाई बलियो बनेको छ । 

मुम्बईका ओपनर ईशान किशनले ३९ बलमा आठ चौका र एक छक्कासहित ५९ रन बनाए पनि टोलीको हार टार्न सकेनन् । कप्तान रोहित शर्माले ३७ रन बनाए । टिम डेविडले ३२ र नेहाल वधेराले १६ रन बनाए ।

Dabur Nepal
NIC Asia

लखनउका रवि विश्रोई र यश ठाकुरले समान दुई विकेट लिँदा मोहसिन खानले एक विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङमा आएको लखनउले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७७ रनको योगफल खडा गरेको थियो ।

लखनउका मार्कस स्टोईनिसले ४७ बलमा चार चौका र आठ छक्कासहित अविजित ८९ रन बनाएका थिए । कप्तान क्रुनल पान्ड्या ४९ रनमा रिटायर्ट हर्ट आउट भए । क्विन्टन डी ककले १६ रन बनाए । 

मुम्बईका जेसन बेहरेनड्रर्फले दुई र पीयुष चावलाले एक विकेट लिए । 

जितसँगै १३ खेलबाट १५ अंक जोडेको लखनउ तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट १४ अंक जोडेको मुम्बई तालिकाको चौथो स्थानमा छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३, २०८०  ०८:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu