site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
संसदीय विधिबारे सभामुख अनभिज्ञ, पटकपटक गल्ती गरेपछि उपसभामुखले मागिन् माफी 
Ghorahi CementGhorahi Cement

जनकपुरधाम । सभामुख र उपसभामुख संसदीय विधिबारे अनभिज्ञ देखिँदा मंगलबार मधेस प्रदेशको प्रदेश सभा बैठक अलमलमै सञ्चालन भएको छ ।

सभामुख र उपसभामुख दुवैजनाले पालोपालो गरी बैठक सञ्चालन गरेका थिए । तर, दुवैजनाले बैठक सञ्चालनका क्रममा पटकपटक गल्ती गरे ।

सभामुख रामचन्द्र मण्डलले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको पत्र पढेर नेकपा (एमाले) संसदीय दलका नेता सरोज कुमार यादवलाई बोल्न समय दिएका थिए । त्यसलगत्तै विशेष समय प्रारम्भ भएको घोषणा गरे । त्सयपछि विशेष समयमा बोल्न चाहने सांसदहरूलाई समय दिए ।

Agni Group

विशेष समयमा समसमायिक विषयमा बोल्नुपर्ने हुन्छ । तर, सांसदहरू समसमायिक विषयमा आफ्नो विचार राख्दा सभामुख मण्डलले ध्यानाकर्षण गराउँदै खेलकुद विधेयकमै बोल्न आग्रह गरे ।

जनता समाजवादी पार्टी (जसपा)का सांसद बच्चा राउत अहिरले विशेष समय भएको भन्दै समसामयिक विषयमा आफ्नो धारणा राखे । उनले गत वर्षको भुक्तानी हुन बाँकी रहेको बक्यौता रकमबारे बढी समय खर्चेका थिए । तर उनलाई सभामुख मण्डलले ध्यानाकर्षण गराउँदै विधेयकमाथि बोल्न आग्रह गरेका थिए । 

Global Ime bank

उनको समय सकिएपछि सभामुख मण्डलले जनमत पार्टीका सांसद चन्दन कुमार सिंहलाई बोल्न समय दिए । तर, सांसद सिंह बोल्नुभन्दा पहिले सभामुख मण्डलले भने, "माननीय सदस्यहरू यो खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धि छलफल छ । त्यसकारण समय यसैमा केन्द्रित भएर बोलदिँदा राम्रो हुन्छ कि ?"

सांसद सिंह बोल्न आएपछि अलमल परे । रोस्टमबाटै उनले खेलकुदको विषयमा बोलौँ कि विशेषमा समयमा भन्दै सभामुख मण्डलसँग जिज्ञासा राखेका थिए । "यसलाई त स्पष्टै पार्ने बेला भयो माननीय सभामुखज्यू विशेष समयमा बोलौँ कि खेलकुद विधेयकमा ?," उनले भने ।

तलबाट सांसदहरूले विशेष समय नै रहेको बताएका थिए । त्यसपछि सांसद सिंहले यता बोल्ने का उता बोल्ने भन्दै अहिले विशेष समयमै बोल्न अनुमति लिए । 

उनी बोलेर फर्किएपछि नेकपा (माओवादी केन्द्र)का सांसद माला कुमारी कर्णलाई समय दिइएको थियो । उनको समय सकिएपछि सभामुख मण्डलले गल्ती सच्याउने प्रयास गरेका थिए । "माननीय सदस्यहरू यो विशेष समय भएकाले समसामयिक विषयमै केन्द्रित भएर बोल्नुहुन आग्रह छ," उनले भने, "विधेयक प्रस्तुत भएपछि विषय केन्द्रित बोल्नु हुने छ ।"

सभामुखले यति आग्रह गरेपछि पुनः सांसदहरूले प्रदेशको समसामयिक विषयमा बोलेका थिए ।

नेकपा (एमाले)का सांसद शत्रुधनप्रसाद सिंह बोलेपछि विशेष समय सम्पन्न भएको सभामुख मण्डलले घोषणा गरे ।

त्यसपछि मुख्यमन्त्री सरोज कुमार यादवको तर्फबाट अर्थ मन्त्री सञ्जय कुमार यादवले प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरे । त्यसपछि सांसदहरूले उक्त विधेयकमाथि आफ्नो विचार राखेका थिए । 

जसपाका सांसद रामआशिष यादव बोलेपछि उपसभामुख बबिता राउत इसरले सभा सञ्चालन गरेकी थिइन् । उनी बैठक सञ्चालन गर्दा धेरै समय अलमलमा पर्दा कर्मचारीहरूले उनलाई सघाएका थिए । विधेयकमाथिको छलफल सकिएपछि उपसभामुखले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न सांसदहरूको मत मागेकी थिइन् । त्यहाँ बहुमत सांसद उक्त प्रस्तावको विपक्षमा थिए । तर, उपसभामुख राउतले ‘हुन्न भने अवाज सुनिएन तसर्थ’ उच्चारण गरेपछि पुनः सांसदहरूले टेबल ठोकेका थिए । "पढ्नमा थोरै मिस्टेक भयो । माफी चाहन्छु, पढ्नमा थोरै मिस्टेक भयो," उपसभामुख राउतले भनिन् ।

त्यसपछि पुनः उपसभामुख राउतले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा सांसदहरूको मत मागेकी थिइन् । करिब दुई मिनेट बैठक सुनसान रह्यो । त्यसपछि उपसभामुख राउतले प्रदेश खेलकुद विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावमा दोस्रोपटक सांसदहरूको मत मागेकी थिइन् ।

लगत्तै उनले बैठक सकिएको र अर्को बैठक बिहीबार उच्चारण गर्नुपर्ने ठाउँमा शनिबार भनिन् । अन्तयमा पुनः 'सरी' भनेर उनले अगामी बैठकको मिति घोषणा गरिन् । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २, २०८०  २२:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC