देश
काठमाडौं । गोरखाको गण्डकी गाउँपालिका–६, घौचुरमा जीप दुर्घटना हुँदा एक वृद्धाको मृत्यु भएको छ । पाँचजना घाइते छन् ।
काठमाडौंबाट घौचुरतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०१–०२५ च ६२०४ नम्बरको जीप हिजो बेलुकी करिब पौने ९ बजे सडकबाट अन्दाजी ७० मिटर तल खसेको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी स्थानीय ७८ वर्षीया किरमाया आलेको उपचारका क्रममा जिल्ला अस्पताल गोरखामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइते भएका जीपमा सवार पाँचजनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । दुर्घटनालगत्तै फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ १, २०८० ०९:१३
प्रतिक्रिया दिनुहोस्