site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
एमडीएमएस प्रणाली आजदेखि लागु हुँदै, विदेशबाट मोबाइल ल्याउँदा के कुरामा ध्यान दिने ?

काठमाडौं । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आज (जेठ १) गतेदेखि लागु गरिने भएको छ । नेपालमा प्रयोग हुने मोबाइल सेटहरूलाई व्यवस्थित गर्न यो प्रणाली लागु गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।

आइतबार एक सूचना प्रकाशित गर्दै प्राधिकरणले व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेट यो प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको जनाएको छ ।

‘निजी प्रयोगका मालवस्तुसम्बन्धी आदेश, २०७७’ बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वयंले दर्ता गर्न सक्नेछन् । नागरिकता वा राहदानी प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ ।

नेपालभित्र खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस  (mdms.nta.gov.np)मा दर्ता भए/नभएको यकिन गरी मात्र किन्न आग्रह गरिएको छ ।

Global Ime bank

यस्तै, आयातकर्ता/बिक्रेताले मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको पूर्वस्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री गर्न आग्रह गरिएको छ ।

मोबाइल सेटको गैरकानुनी आयात, बिक्री–वितरण र प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङरब्लकिङ गरी नेपालभित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न यो प्रणाली लागु गरिएको प्राधिकरणले जनाएको छ ।

विदेशमा ६ महिना काम गरेर फर्किएकाले मात्र दुइटा फोन ल्याउन पाउने

NIBLNIBL
प्रकाशित मिति: सोमबार, जेठ १, २०८०  ०६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu