site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
भारतबाट पेस्तोलसहित नेपाल आउन लागेका युवक समातिए
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । महोत्तरीको एकडारा गाउँपालिका–४, हल्खोरी बजारबाट पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

‘होममेड’ भारतीय पेस्तोल एकथान र सोको गोली पाँच राउन्डसहित भारतको सीतामढीका २६ वर्षीय पप्पु यादवलाई शनिबार राति प्रहरीले नियन्त्रणमा लिएको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर३०वाई ९१४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त हतियारसहित यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

चारथान भरुवा बन्दुक बरामद
रुकुम पूर्वको सिस्ने गाउँपालिका–८, भुरुंगास्थित सामुदायिक जंगलबाट प्रहरीले चारथान भरुवा बन्दुक बरामद गरेको छ । शनिबार (हिजो) बिहान ती बन्दुक बरामद गरिएको हो ।

जंगलको खाल्डोमा स्याउलाले छोपी बेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरिएको प्रहरीले जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ३१, २०८०  १३:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro