site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाल–भारत सीमालाई चुस्त र स्पष्ट राख्नुपर्छ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–भारतबीचको भौगोलिक सीमालाई चुस्त र स्पष्ट राख्नुपर्ने बताएकी छन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपाली भूभाग भएको उल्लेख गर्दै उनले दुई मुलुकबीचको भौगोलिक सीमालाई सम्पूर्ण रूपले चुस्त र स्पष्ट राख्नुपर्ने औँल्याएकी हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले दुई देशबीच सदिऔँदेखि रहँदै आएको जनस्तर, सांस्कृतिक र कूटनीतिक सम्बन्धलाई थप सुदृढ र सुमधुर तुल्याउन पनि भौगोलिक सीमासम्बन्धी सबै समस्या हल गरेर अघि बढ्नुपर्नेमा जोड दिइन् ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालले आफ्नो नक्सामा समावेश गरेर संविधानको अंग बनाएसँगै मलुुकको सार्वभौमिकता, राष्ट्रिय एकता र राष्ट्रियताप्रति ऐतिहासिक रूपमै नयाँ चेतनाको सञ्चार भएको उनले उल्लेख गरिन् । त्यसलाई कार्यान्वयनमा लैजान दुई मुलुकका राजनीतिक तथा कूटनीतिक नेतृत्वले विशेष ध्यान दिनुपर्ने उनले बताइन् ।

उनले एक राष्ट्रले अर्कोको संवेदनशीलतालाई ख्याल गरेर अघि बढ्दा मात्र आपसी सम्बन्धलाई अझ सदृढ र विश्वासिलो बनाउँदै लैजान सकिने विचार व्यक्त गरिन् । नदी प्रणालीको संरक्षण र सम्वद्र्धन गरी अघि बढ्न सके नेपालले आर्थिक रूपमा ठूलो प्रगति गर्ने उनको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  २०:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro