site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नौ घण्टादेखि बिजुलीको पोलमा एक व्यक्ति, यस्तो छ अडान

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिकाका एक व्यक्ति एक लाख ३२ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको हाइटेन्सन लाइनको पोलमा बसेको नौ घण्टा भएको छ ।

बूढीगंगा–७, डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी सडकमा निर्माण भइरहेको रिटेनिङ वालको काम रोक्न माग गर्दै हाइटेन्सन लाइनको पोलमा चढेका हुन् ।

उनी शनिबार बिहान करिब ६ बजे हाइभोल्टेज पोलमा चढेका थिए । गाउँपालिकाले निर्माण गरेको सडक तथा रिटेन्सन वालको गुणस्तरमा प्रश्न उठाउँदै उनी पोलमा चढेका हुन् ।

Dabur Nepal
NIC Asia

गाउँपालिकाका अध्यक्ष जितनारायण थापा आएर आफूसँग प्रत्यक्ष छलफल नगरुन्जेल पोलबाट नओर्लने उनको अडान छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता एवं डीएसपी रन्जनकुमार दाहालले पोल क्षेत्रमा नेपाल प्रहरीले पहरा दिए पनि उनलाई झार्न जबर्जस्ती गर्ने अवस्था नरहेको बताए ।

“हाम्रो विशेषज्ञ टोलीले उहाँलाई तल लिएर आउन सक्छन् । तर, माथि चढ्दा उहाँबाट केही भवितव्य नहोसु भन्नेतर्फ सतर्क रहेका छौँ,” उनले भने ।

गाउँपालिकाका अध्यक्ष थापामगरलाई आफूहरूले आउन आग्रह गरेको र उनी धनकुटाबाट मोरङका लागि हिँडिसकेको भन्ने जानकारी पाएको डीएसपी दाहालले बताए ।

गाउँपालिकाका अध्यक्ष थापामगर र उपाध्यक्ष अमृताकुमारी गच्छदार थारुले आफ्नो मागलाई बेवास्ता गरे आत्मदाह गर्नेसम्मको चेतावनी ती व्यक्तिले दिएका छन् ।

माझीले गाउँपालिकाका अध्यक्षलगायत जनप्रतिनिधिले काम रोक्ने र गुणस्तरीय निर्माण गर्ने प्रतिबद्धतता जनाउनुपर्ने माग गरेका छन् ।

शनिबार नै बूढीगंगा गाउँपालिकाका अध्यक्ष र वडाध्यक्ष जिल्लाबाहिर धनकुटा गएको बताइएको छ । 

नेपाल विद्युत् प्राधिकरणले उक्त पोल भई प्रवाह भइरहेको बिजुली रोकेको छैन । लाइन काट्दा झापासहितका पूर्वी पहाडी जिल्लाको विद्युत् सेवा अवरुद्ध हुने भएकाले नकाटिएको जनाइएको छ ।

ती व्यक्तिलाई उद्धार गर्न १५ देखि २० मिनेटसम्म विद्युत् बन्द गर्न सकिने प्राधिकरणले सुरक्षा निकायलाई जानकारी गराएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १५:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro