site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
होटेलमा खाएको पैसाको विषयमा विवाद हुँदा हत्या

काठमाडौं । धादिङको गल्छी गाउँपालिका–८ का विनोद थापामगर बुधबार राति खाजा खान होटेलमा छिरे । 

निबुवाबोटस्थित शानदार होटेल एण्ड लजमा खाजा खाइसकेपछि पैसाको विषयमा भनाभन हुन थाल्यो । 

होटेलमा खाएको पैसाको विषयमा होटेल सञ्चालिका सरस्वती पनेरु (पण्डित) सँग थापाको केहीबेर विवाद चल्यो । 

विवादपछि पण्डितले आफ्ना छोरा निरजलाई  बोलाइन् । साथी किरण रानामगरलाई समेत लिएर होटेल पुगेका निरजले विनोदलाई सुरुमा पाँच–सात मुक्का प्रहार गरे । 

त्यसपछि आफूले साथमा ल्याएको फोल्डिङवाला छुरा प्रहार गरेर विनोदलाई घाइते बनाए । स्थानीयले घटनाको बारेमा थाहा पाएपछि विनोदलाई उपचारका लागि काठमाडौं लगियो । 

विनोदको उपचारका क्रममा काठमाडौंस्थित नर्भिक अस्पतालमा बिहीबार बिहान पौने दुई बजे मृत्यु भएको धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।  

“खाजा खाएको पैसा दिन आनाकानी भएपछि विवाद उत्पन्न भएर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुुलेको छ,” प्रहरी उपरीक्षक मिश्रले भने । 

घटनामा प्रयोग भएको छुरा घटनास्थलदेखि ३० मिटर उत्तरतर्फ त्रिशुली नदितर्फको किनारमा आज बिहान फेला पारिएको प्रहरीले जानकारी दिएको छ ।

घटनामा संलग्न ४७ वर्षीया सरस्वती पनेरु (पण्डित), उनका छोरा २६ वर्षीय निरज पण्डित र पाल्पाको तानसेन नगरपालिका–१४ घर भई हाल गल्छी–८ मा बस्दै आएका किरन रानालाई पक्राउ परिएको प्रहरी उपरीक्षक मिश्रले बताए ।  निरजलाई प्रहरीले वडा नं ७ स्थित जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो । 

तिनैजनालाई कर्तव्य ज्यान मुद्दामा सम्मानित धादिङ जिल्ला अदालतबाट तीनदिन म्याद थप अनुमती लिई अनुसन्धान कार्य जारी गरिएको छ । 

पक्राउ परेकामध्येकी सरस्वतीमाथि केटीहरूलाई डर, त्रास, प्रलोभनमा पारी वेश्यावृद्धिमा लगाई मानव बेचबिखन गरेको उजुरी समेत परेको छ । सो आधारमा मानव बेचबिखन तथा ओसारपसार मुद्दामा समेत म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख २९, २०८०  १८:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro