देश
काठमाडौं । काठमाडौंमा आज मौसम सफा रहनेछ । बिहानैबाट काठमाडौंमा घाम लागेको छ । काठमाडौंमा आज दिउँसो तापक्रम ३१ डिग्री सेल्सियससम्म पुग्नेछ ।
“काठमाडौंमा आज मौसम सफा रहनेछ । दिउँसोको तापक्रम २९ देखि ३१ डिग्री सेल्सियससम्म पुग्नेछ,” मौसमविद् सञ्जिव अधिकारीले भने ।
वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने अधिकारीले जानकारी दिए ।
लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा सामान्य हावा हुरीको सम्भावना रहेको उनको भनाइ छ ।
आज राति भने देशभर मौसम सामान्यतया सफा रहनेछ ।
प्रकाशित मिति: बिहीबार, वैशाख २८, २०८० ०६:३२
प्रतिक्रिया दिनुहोस्