site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साउन १ गतेबाट दीपक–दीपाको सिनेमा हल सञ्चालनमा आउँदै 
Tiktok banner adTiktok banner ad

काठमाडौं । काठमाडौंको नयाँ बानेश्वर चोक नजिकै दीपकराज गिरी, दीपाश्री निरौलालगायतले निर्माण गरिरहेको सिनेमा हल साउन १ गतेबाट सञ्चालनमा आउने भएको छ । साउन १ गतेबाट सिनेमा हल सञ्चालन गर्ने दीपक–दीपालगायत लगानीकर्ताको तयारी छ । 

“साउन १ गते हल सञ्चालन गर्ने हाम्रो तयारी छ । अहिले सिट जडान र पर्दा हाल्ने काम भइरहेको छ,” दीपकले बाह्रखरीसँग भने, “साउन १ गतेबाट नियमित रूपमा हल सञ्चालन गर्ने तयारी छ । यदि, साउन १ गतेसम्म काम सकिएन भने साउनको अन्तिमबाट सञ्चालनमा ल्याउँने छौँ ।” तर, साउन १ गतेबाटै सिनेमा हल सञ्चालन गर्ने तयारी रहेको र त्यहीअनुसार काम भइरहेको दीपक बताउँछन् ।   

पछिल्लो समय नेपाली रजतपटमा सफल जोडीका रूपमा रहेको दीपकराज गिरी र दीपाश्री निरौलालगायतको समूहले सिनेमा हल निर्माण गरेर सञ्चालनमा ल्याउन लागेको हो । कोरोना संक्रमणको महामारीका कारण हल निर्माणको काम केही ढिलो भए पनि अन्ततः सञ्चालनको अन्तिम तयारीमा रहेको छ ।  

नयाँ बानेश्वर–शंखमुल रोडमा निर्माण भइरहेको सिनेमा हलमा अहिले इन्टेरियर डिजाइनको काम भइरहेको छ । 

दीपक–दीपा सकेसम्म आफ्नै सिनेमा ‘छक्का पञ्जा–४’ रिलिज गरेर यो हल सञ्चालन गर्ने योजनामा थिए । तर, निर्माण कार्य नसकिँदा उनीहरूको यो योजना भने पूरा हुन सकेन । ‘छक्का पञ्जा–४’ले फागुन १९ गते रिलिज भएको थियो ।  

महलको माथिल्लो दुई तलामा सिनेमा हल निर्माण गरिएको छ । दुईवटा स्क्रिन रहने सिनेमा हलमा चारसय सिट रहनेछन् ।  करिब १० करोड निर्माण लागत रहेको दीपकले बताएका छन् । सिनेमा हलमा दीपकसँगै दीपाश्री निरौला, निर्मल शर्मासहति  ‘छक्का पञ्जा’ टिम र सञ्चारकर्मी प्रभाव रिमालको कम्पनीको लगानी रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  १३:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro