site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
रवि लामिछानेका चालकको मृत्यु भवितव्य ! कोठामा भेटिएको थियो मदिराको बोतल
Sarbottam CementSarbottam Cement

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक ३९ वर्षीय दिलबहादुर थापाको उपचारका क्रममा मृत्यु भइसकेको छ । घटनाको अनुसन्धानबारे हालसम्म प्रहरीले कुनै विषय सार्वजनिक गरेको छैन । तर, चितवन प्रहरीका अनुसार रविका चालकको मृत्यु भवितव्य हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृतक थापाका आफन्तले जिल्ला प्रहरी परिसर काठमाडौंमार्फत भवितव्यमा जाहेरी दिएका छन् । हालसम्म प्रहरीले सो घटनामा १० जनासँग सोधपुछ गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

वैशाख १० गतेको उपनिर्वाचनका लागि चुनावी प्रचारका क्रममा लामिछानेका चालक दिलबहादुर थापा चितवनमा छतबाट खसेर गम्भीर घाइते भएका थिए । उनको टाउकोमा गम्भीर चोट लागेको थियो । चितवनबाट थप उपचारका लागि उनलाई काठमाडौं ल्याइएको थियो ।

उनको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । चालक थापा वैशाख ४ गते बिहान ४ बजेको समयमा छतबाट खसेका थिए । प्रहरीका अनुसार उनी रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालकसँगै सुतेका थिए ।

Global Ime bank

ढकालका चालकले घटनाबारे आफूलाई जानकारी नभएको बयान प्रहरीलाई दिएका थिए । प्रहरीका अनुसार थापा सुतेको कोठामा मदिराको बोतलसमेत भेटिएको थियो । एक प्रहरी अधिकारीले भने, “उनले मदिरा सेवन गरेको देखिन्छ । प्रारम्भीक अनुसन्धानमा पनि हत्या वा आत्महत्या नभई भवितव्यजस्तै देखिन्छ । घटनासँग जोडिएका विभिन्न पात्रसँग सोधपुछ गरिसकेका छौँ । तर अहिले नै निष्कर्ष निकालिसकेका भने छैनौँ ।”

लमिछानेका चालकको घटनाबारे संसदमा समेत कुरा उठेको थियो । मृतक थापाको घर सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ हो ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०६:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement