site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विश्वप्रकाशको १५ वर्षे परिकल्पना : भिजन–९५ (११ बुँदासहित)
फाइल तस्बिर।
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले देशलाई कहाँ पुर्‍याउने भनेर १५ वर्षे परिकल्पना प्रस्तुत गरेका छन् ।

आगामी २०९५ सालसम्म देशलाई कहाँ पुर्‍याउने भनेर आफ्नो भिजन प्रस्तुत गरेका शर्माले देशको लक्ष्य हासिल गर्न सत्तापक्ष र प्रतिपक्षबीच मतभेद नभएर सहकार्य हुनुपर्ने बताएका छन् ।

"अबको १५ वर्ष अर्थात २०९५ मा पुग्दा एउटा नेपालीको घर, परिवार र वातावरण यस्तो हुनुपर्छ, आउनुहोस् खुला छलफल गरौं अनि निर्माण गरौं साझा संकल्प र साझा सपना निर्माण गरौँ," विश्वप्रकाशले भनेका छन् ।

KFC Island Ad
NIC Asia

यस्तो छ शर्माले प्रस्तुत गरेको भिजन–९५

१) हरेक नेपालीको एउटा प्रविधियुक्त घर होस् ।

Royal Enfield Island Ad

२) जीवन निर्वाहको जुनै क्षेत्र अँगाले पनि आत्मसम्मानको सामाजिक वातावरण प्राप्त होस् ।

३) निश्चित रोजगारी, व्यवसाय वा लगानी कम्तीमा एक सुनिश्चित होस् ।

४) आफ्नै देशको अर्ग्यानिक उत्पादन भान्सामा होस् ।

५) स्वास्थ उपचारका लागि बिमा अनि निकट दुरीमा अत्यावश्यक उपचारको उपलब्धता होस् ।

६) रोजाइको पढाइ नि:शुल्क प्राप्ति या आर्थिक योगदान गर्न सक्ने अवस्था होस् ।

७) पर्यावरण रक्षासहितको भौतिक विकास प्राप्त होस् ।

८) साहित्य, संगीत, सिनेमा, खेलकुद आदिका माध्यमद्वारा देशले निरन्तर प्रतिष्ठा हासिल गरिरहेको स्थिति प्राप्त होस् ।

९) विभेद, हिंसा र अन्य कुनै पनि सामाजिक विसंगतिबाट मुक्त समाजको सदस्य हुँ भन्ने गौरव प्राप्त होस् ।

१०) विवशताको आँसु बगाउँदै कसैले देश छोड्न नपरोस्, विश्वभर छरिएको नेपाली डायस्पोराको सीप, पुँजी र भावना निरन्तर नेपालसँग गाँसिइरहने स्थिति बनोस् ।

११) पर्याप्त सुख नभए पनि खुसी पारिवारिक जीवनको आत्मसन्तोष साथमा होस् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १६:१०
Sipradi LandingSipradi Landing
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro