site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
बजेटमा प्रादेशिक सन्तुलन कायम हुनुपर्छ : खिमलाल देवकोटा

काठमाडौं । राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्ने बताएका छन् । 

राष्ट्रियसभाको मंगलबारको बैठकमा सरकारबाट प्रस्तुत आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल गर्दै उनले अपवाद अनिवार्य दायित्व विषयबाहेक प्रदेश र स्थानीय तहमा जाने सर्शत अनुदानको रकम वित्तीय सम्मनीकरण अनुदानमा थप गर्न आग्रह गरे । 

नेपालको बजेट वितरणको सबैभन्दा ठूलो समस्या प्रधानमन्त्री, मन्त्री र केही ठूला नेताहरुको निर्वाचन क्षेत्रमा केन्द्रित गराउने परम्परा रहेको भन्दै त्यसलाई तोड्न आवश्यक रहेको उनले बताए । 

“बजेटमा प्रादेशिक सन्तुलन कायम गर्नुपर्छ । त्यो नबिर्सिनुहोला । नेपालको बजेट वितरणको सबैभन्दा ठूलो समस्या नै यही हो,” उनले भने, “बजेटको सबैभन्दा ठूलो हिस्सा प्रधानमन्त्री, मन्त्री र केही ठूला नेताहरुको निर्वाचन क्षेत्रमा केन्द्रित गराउने परम्परा पहिलादेखिकै हो । यो सुध्रिएको छैन, सुधार होस् ।”

प्रकाशित मिति: मंगलबार, वैशाख २६, २०८०  १३:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro