site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सदनमा रविको प्रश्न : झुक्याउने र कर्मकाण्डी योजनाले राज्यप्रति जनताको विश्वास कसरी बढाउँछ ?
फाइल तस्बिर।
SkywellSkywell

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सरकारले ल्याएको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता कर्मकाण्डीमात्र भएको बताएका छन् । उनले अहिलेको अर्थतन्त्रको विषम परिस्थितिबाट देशलाई पार लगाउन सरकारको प्रयास प¥याप्त नहुने बताए ।

सोमबारको प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथिको छलफलमा बोल्दै उनले विगतमा वर्षमा जस्तै ‘गरिने छ’ले भरिएको तर तात्विक रुपमा केही फरक नभएको र यो नियमित कर्मकाण्डीमात्र भएको उल्लेख गरे ।

KFC Island Ad
NIC Asia

“वितग वर्षमा दस्तावेज लिएर वाक्य र शब्दहरु हेरफेर गरी नियमित कर्मकाण्डी दस्ताबेजको रुपमा यो आएको हामीले लिएका छौं,” उनले भने ।

सांसद लामिछानेले आठ महिनामा गत वर्षभन्दा कम राजस्व संकलन भएको र पाँच दशकमै पहिलोपटक राजश्व संकलन अघिल्लो वर्षभन्दा कम हुने जोखिम देखिएको उनले जिकिर गरे । उनले जनतालाई झुक्याउने र कर्मकाण्डी योजनाले राज्यप्रति जनताको विश्वास कसरी बढाउँछ ? भन्दै प्रश्न गरे ।

Royal Enfield Island Ad

सांसद लामिछानेले सरकारलाई अर्थव्यवस्था सुधार गर्न केही सुझाव पनि दिएका छन् । उनले साधारण खर्च कटौती गर्नुपर्नेमा जोड दिए ।

“बजेटमा गर्छौँ भनेको कुरा गरेरै छाडौं । यदि गर्न सकिएन भने कसका कारण हुन सकेन उसलाई जवाफदेही बनाऔँ,” उनले भने, “सार्वजनिक सेवा प्रवाहमा सूचना प्रविधिको व्यापक प्रयोग गरौं । ई–गभर्नेन्सलाई राष्ट्रिय प्राथामिकतामा बनाऔँ ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro