site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आफ्ना सबै राइडरलाई एक ठाउँमा ल्याउन यामाहाले सुरु गर्‍यो ‘ब्लू स्ट्रिक्स’ पहल

काठमाडौं । यामाहा नेपालले आफ्नो बहुप्रतिक्षित 'ब्लू स्ट्रिक्स' पहल सुरु गर्ने घोषणा गरेको छ । यामाहाका ग्राहकहरूलाई एकै ठाउँमा ल्याउन र चालक तथा उनीहरूका मोटरसाइकलबीच बलियो सम्बन्ध सिर्जना गर्न डिजाइन गरिएको ब्लू स्ट्रिक्स एक रोमाञ्चक र नवीन कार्यक्रम भएको कम्पनीले जनाएको छ ।

यसले एउटा सशक्त यामाहा परिवार सिर्जना गर्ने कम्पनीको विश्वास छ ।

Dabur Nepal
NIC Asia

यामाहा मोटरसाइकल निर्माता मात्र नभएर यसका सवारहरूका लागि अविस्मरणीय अनुभव निर्माता पनि भएको कम्पनीले जनाएको छ ।

ब्लू स्ट्रिक्स यामाहाको आफ्ना ग्राहकहरूसँग गहिरो सम्बन्ध विकास गर्न र भविष्यमा 'म्यान मेसिन' अन्तर्क्रियालाई थप आकर्षक र रोमाञ्चक अनुभव बनाउने प्रतिबद्धताको एक हिस्सा भएको यामाहा नेपालले जनाएको छ ।

ब्लू स्ट्रिक्स कार्यक्रममा सामेल भएर यामाहा मालिकहरूले यामाहा समुदायसँग संलग्न भई विभिन्न फाइदा र अवसरहरू प्राप्त गर्नेछन् । 

विशेष कार्यक्रमका अवसर र सवारीदेखि भविष्यमा आउने विशेष प्रमोसन र छुटहरूसम्म प्रदान गरी 'ब्लू स्ट्रिक्स'ले यामाहा मालिकहरूका लागि थप निकटता र रमाइलो अनुभव सिर्जना गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।

“ब्लू स्ट्रिक्सको सुरुवात यामाहाका लागि महत्त्वपूर्ण कोसेढुंगा हो,” माउ इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत राजु क्षेत्रीले भनेका छन्, “हामी सम्पूर्ण यामाहा मालिकहरूलाई एकै ठाउँमा ल्याउन र उनीहरूसँग बलियो सम्बन्ध बनाउन पाउँदा हर्षित छौँ । हाम्रो लक्ष्य भनेको मोटरसाइकल र खुला सडकप्रति आफ्नो प्रेम बाँड्न सक्ने भावुक र जिम्मेवार यामाहा मालिकहरूको समुदाय सिर्जना गर्नु हो ।”

'ब्लू स्ट्रिक्स'मा सहभागी हुन र थप जानकारीका लागि यहाँ क्लिक गर्न सकिन्छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  २१:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro