site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सिम्रिक एयरको उडान फुकुवा, ‘सिलिङ उडान’ गर्न नपाउने
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । सिम्रिक एयरको उडान भोलि (सोमबार)देखि फुकुवा हुने भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले शुक्रबार ताप्लेजुङको भोटखोला गाउपालिका वडा नम्बर ४ मा हेलिकोप्टर दुर्घटना भएपछि सिम्रिकका हेलिकोप्टर उडानमा प्रतिबन्ध लगाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सामान्य उडान खुला गरे पनि ‘सिलिङ उडान’ प्रतिबन्ध कायमै रहेको प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए ।

सिलिङ उडान भनेको सामानलाई डोरीमा झुन्ड्याएर ओसारपसार गर्ने उडान हो । सिलिङ उडानमा भने थप सुरक्षाको बारेमा अध्ययन गरेर निर्णय हुनेछ ।

Global Ime bank

आइतबार प्राधिकरणको एयर ओर्जिनेसको फ्लाइट अप्रेसनको टिमले अडिट गरेको थियो । उक्त अडिटपछि नर्मल उडान खुला गरिएको सहप्रवक्ता भुलले जानकारी दिए ।

सिम्रिकसँग चारवटा हेलिकोप्टरमध्ये एउटा टेक्निकल्ली रुपमा ग्राउन्डेड छ । एउटा शुक्रबार दुर्घटनामा परेपछि अहिले दुईवटा हेलिकोप्टर रहेका छन् । उक्त दुई हेलिकोप्टरले सोमबारबाट सिलिङ उडान बाहेक सामान्य उडान गर्न पाउने छन् ।

शुक्रबार दिउँसो अरूण तेस्रो जलविद्युत आयोजनाको सामग्री बोकेर गएको सिम्रिक एयरको ९एन–एजेजेट हेलिकोप्टर संखुवासभाको भोटेखोला गाउँपालिका–४ सिप्रुङमा दुर्घटनामा परेको थियो ।

हेलिकोप्टरमा चालक सुरेन्द्र पौडेलसहित पाँचजना सवार थिए । तर, उनीहरूमध्ये एकजनाको मृत्यु भइसकेको छ । एकजना यात्रु सामान्य रहँदा चालक पौडेलसहित तीनजना घाइते भएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  २०:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय