site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा

काठमाडौं । सातौँ चितवन अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा भएको छ । उद्यमशिलता विकास र औद्योगिक उत्पादकत्व वृद्धिमा सहयोग पुर्‍याउने उद्देश्यले प्रदर्शनी हुन लागेको हो ।

प्रदर्शनीको नारा 'दिगो आर्थिक विकासका लागि वृहत् अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी' रहेको छ ।

Argakhachi Cement Island Ad

मंगलबार चितवनमा आयोजित पत्रकार सम्मेलनमा आयोजक चितवन उद्योग संघले औद्योगिक प्रदर्शनीको तयारी पूरा भएको जानकारी दिइएको छ । औद्योगिक प्रदर्शनी वैशाख २२, २३ र २४ गते चितवन प्रदर्शनी केन्द्र भरतपुरमा आयोजना हुनेछ । 

प्रदर्शनी चितवन उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघ र नेपाल घरेलु तथा साना उद्योग महासंघको अभिभावकत्व, मिडिया स्पेस सोलुसन्स प्रा.लि तथा को व्यवस्थापकीय साझेदारी र नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, वाग्मती प्रदेश सरकार, पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, घरेलु तथा साना उद्योग कार्यालय चितवन र चितवनका स्थानीय पालिकाहरूको प्रबर्द्धन सहयोगमा हुन लागेको हो ।

औद्योगिक मेसिनरी र प्रविधिसहित निर्माणजन्य, कृषिजन्य, अटोमोबाइल, फर्निचर, इन्जिनियरिङ, मेटल, प्रिन्टिङ, प्याकेजिङ, प्लास्टिक, पर्यटन, फुड एन्ड बेभरेजेज तथा अन्य सेवामूलक उद्योगहरूको उत्पादनको प्रदर्शनी हुने औद्योगिक प्रदर्शनीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी १५० भन्दा बढी स्टलहरु रहने छन् ।

केही स्टल वैशाख २१ गतेसम्म बुकिङ गर्न सकिनेछ ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १५:०५
प्रतिक्रिया दिनुहोस्