site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुद्र पाण्डे र महावीर पुनबीच चर्काचर्की : ‘कवाडी सामान मर्मत गरेर आविष्कार हुन्न’
Tiktok banner adTiktok banner ad

काठमाडौं । डियरहोल्ड लिमिटेडका संस्थापक एवं कार्यकारी अध्यक्ष र हाम्रो पात्रोका निर्देशक बोर्डका अध्यक्ष रुद्र पाण्डे र गैरनाफामुखी संस्था राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनबीच सामाजिक सञ्जालमा चर्काचर्की परेको छ । उद्यमी पाण्डेले पुनलाई ‘चप्पल पड्काएर हिँड्दैमा आविष्कार नहुने र कवाडी सामान मर्मत गर्नुलाई आविष्कार भन्नु सामाजिक अपराध हो’ भनेपछि पुनले जवाफ फर्काएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा ट्विट गर्दै पाण्डेले लेखेका छन्, ‘नेपाल सरकारको गोब्रे पारा माइतीघर मा २/४ जना उभिए भने २/४ बुँदे सम्झौता गरिहाल्यो । कार्यान्वयन हुने होइन । नेपालमा आविष्कारको बिजारोपण गर्न विश्वविद्यालय सुधार्नु पर्छ । विश्वविद्यालय लेभलमा निजी र सरकारी संस्थाको प्रतिस्पर्धा हुनुपर्छ ।  विकास बजेटको एक प्रतिशत कहाँ लगाएर आविष्कार गर्ने ?’

उनले अगाडि भनेका छन्, ‘हालका टीयू, पीयू र केयूमा त पार्टीका झोले मात्र छन् । अनि विश्वविद्यालयले गरेको आविष्कार बजारमा ल्याउने निजी उद्योगले हो । नेपालमा निजी व्यवसाय फस्टाउने वातावरण नै छैन । पुनले चपल पड्काएर हिँड्दैमा आविष्कार हुन्न । जरो नै नभै रुख हुर्किन्न ।’

उद्यमी पाण्डेको ट्विटपछि पुनले लेखेका छन्, ‘रुद्र भाइले नेपाल सरकारलाई व्यवसाय विस्तारका लागि धेरै कुराको माग राख्यो होला र सरकारले सुनिदिएन होला । मैले जनतासँग आन्दोलन गरेर राखेको माग सरकारले पूरा गरेपछि रुद्र भाइले नेपाल सरकारसँगको रिस मलाई पोख्यो । त्यति  धेरै योगा गर्ने मान्छेलाई लोभ र डाहा नलाग्नु पर्ने हो त ।’

पाण्डेले पुनले चन्दा पठाएको पैसा गोजीमा हाल्ने बानी भएको भन्दै कडा टिप्पणी गरेका छन् । पाण्डेले लेखेका छन्, ‘महावीरको आविष्कार केन्द्रलाई उठाएको पैसा तीन वर्ष जति अगाडि नै नेपाल पठाएर उनीसँग पैसा ट्रान्सफर गर्नभन्दा अगाडि पैसा केमा खर्च गर्ने भनेर प्रोजेक्ट डकुमेन्ट मागियो । पुनले म प्रोजेक्ट डकुमेन्ट दिन्न भनेर थर्काए नेपालको डियरवाक फाउन्डेसनको स्टाफलाई । यूएसको च्यारिटीबाट उठेको पैसा बिनाडकुमेन्ट दिन मिलेन । अन्ततः तीन वर्षपछि पुनले कागज दिए । उनको कागज प्राप्त भएपछि नेपाल समाज कल्याण परिषदको अनुमतिको पर्खाइमा छ डियरवाक फाउन्डेसन । महावीरको तुजुकको कारणले ढिलो भएको हो । कागजपत्र नपुर्‍याई चन्दा उठाएको पैसा गोजीमा हालेर हिँड्ने बानी पुनले छोडुन् ।’

यसको जवाफमा पुनले लेखेका छन्, ‘कागजपत्र नपुर्याई चन्दा उठाएको पैसा गोजीमा हालेर हिँड्ने बानी पुनले छोडुन्’ माथि तिमीले भनेको यो कुरा प्रमाणित गर्न सकेनौ भने म तिमीलाई मानहानीको मुद्दा दिन सक्छु । यो धेरैधेरै ठूलो आरोप हो । तिमी लोभी छौ भन्ने कुरा मलाई थाहा छ । तर, तिमी पापी पनि रहेछौ । स्क्रिनसट राखे ।’

पुनले अघि लेखेका छन्,‘रुद्र भाइ,  तिमी एउटा सफल उद्यमी हौ, नेपालमा केही रोजगारीको सिर्जना गरेका छौ भनेर म चुप लागेर बसेको हो । पैसा आउला नि त भनेको हो । तिमीजस्तो म हुन सकिनँ । तर, म जस्तो तिमी पनि हुन सक्दैनौ । तिमी धनी भएँ भनेर मलाई साह्रै हेपेर र मैले मरिमेटेर गरेको कामलाई खिल्ली गरेपछि रिस उठ्छ ।’ अर्काे ट्विटमा उनले लेखेका छन्, ‘कोरोना महामारीको समय थियो । हामीले कोरोना विरुद्धका लागि सामानहरू बनाउन जे कुरामा खर्च गर्नु पर्छ त्यसैमा सो पैसा खर्च गरिन्छ भनेको हो । डकुमेन्ट दिन्न भनेकै छैन । डकुमेन्ट भनेको राष्ट्रिय आविष्कार केन्द्रको दर्ता, कर चुक्ता र प्यान नम्बर हो । त्यो नदिने कुरा थिएन । धेरै हेपेर नबोलम् त ।’

यतिमा मात्रै उनीहरूको वाकयुद्ध सकिँदैन । अर्काे ट्विटमा उद्यमी पाण्डेले आफ्ना एक अमेरिकी साथीबाट २० हजार अमेरिकी डलर लिएर पनि काम नगरेको भन्ने विषय राखेका छन् । पाण्डेले लेखेका छन्, ‘महावीर कै कुरा— उनले मेरो अमेरिकन साथीसँग धादिङको एउटा स्कुलमा इन्टरनेट पुर्याउन २० हजार डलर लिए । तर, काम गरेनन् । अन्तमा मेरो साथीले अर्को कम्पनीलाई लगाएर काम गराए । मेरो साथीले कति सम्पर्क गर्न खोजे तर पुनले वास्तै गरेनन् ।’

यसको जवाफमा पुनले लेखेका छन्, ‘ए रुद्र भाइ, तिमी आउ र सँगै धादिङका ती गाउँहरूमा सँगै जाउँ । र, त्यहाँका गाउँलेहरूसँग सँगै कुरा गरौँ । यहीँ नजिकैको धादिङ जिल्ला हो । त्यहाँ हामीले हालेको इन्टरनेटको टावरहरू पनि हेरौं । महावीरले इन्टरनेट हालिदिएको हो कि होइन भन्ने कुरा थाहा हुन्छ । धेरै फटाहा र पापी कुरा नगर ।’
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १२:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro