site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आठ वर्षपछि तातोपानी नाकाबाट निर्यात आंशिक खुला, तीन कन्टेनर सामान पठाइयो
तस्बिर : निरोज चौलागाईंको फेसबुकबाट ।
SkywellSkywell

काठमाडौं । आठ वर्षपछि सिन्धुपाल्चोकको तातोपानी नाकाबाट आंशिक रूपमा निर्यात सुरु भएको छ । ०७२ सालको विनाशकारी गोरखा भूकम्पपछि तातोपानी नाकाबाट निर्यात हुन सकेको थिएन ।

भूकम्पपछि यो नाका दुईतर्फी नै बन्द गरिएको थियो । ०७६ जेठमा आयातका लागि नाका खुलाइएको थियो । निर्यातका लागि भने भूकम्पपछि अहिले पहिलोपटक नाका खुलाइएको हो ।

वाणिज्य सचिवको नेतृत्वमा भन्सार विभागका महानिर्देशकसहितको टोलीले गएको मार्चमा ल्हासा पुगेर मे १ देखि निर्यातका लागि नाका खुलाउने सहमति गरेको थियो । सोहीअनुसार सोमबार (आज)देखि नाका आंशिक रूपमा खुला गरिएको तातोपानी नाकाका प्रमुख दयानन्द केसीले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

सोमबार तीनवटा कन्टेनरमार्फत सामान चीनतर्फ पठाइएको छ । मानिस आवतजावतका लागि भने नाका अझै खुला गरिएको छैन ।

उनका अनुसार नेपाली कन्टेनर तातोपानी नाकाको पुलपारि भने जान पाउँदैनन् । निर्यातका लागि नेपालबाट सामान बोकेका कन्टेनर तातोपानी नाकाको पुलसम्म मात्र जान पाउँछन् । त्यसपछि चिनियाँ कन्टेनरले नै सामान लैजानेछ ।

Royal Enfield Island Ad

आयात गर्दा पनि तातोपानी नाकाको पुलसम्म चिनियाँ कन्टेनरले नै सामान ल्याइदिने गरेका छन् । त्यसपछि नेपाली कन्टेनरबाट सामान ल्याउने गरिएको छ ।

प्रमुख केसीका अनुसार सोमबार तीन कन्टेनरमार्फत म्याट्रेस, कुर्सी र मुढालगायत सामान निर्यात गरिएको छ । भूकम्पअघि यो नाकाबाट खाद्यान्न, तरकारी, हस्तकलाका सामग्री, जडीबुटी, गलैँचालगायत सामान निर्यात गरिन्थ्यो ।

चीनतर्फ व्यापारका लागि रसुवागढी र तातोपानी नाका सञ्चालनमा छन् । भन्सार विभागको तथ्यांकानुसार चालु आर्थिक वर्षको चैत महिनासम्म रसुवागढी नाकाबाट १९ अर्ब ५१ करोड ५२ लाख ५१ हजार रुपैयाँबराबरको सामान आयात भएको छ । सोही समयमा उक्त नाकाबाट २१ करोड ५० लाख ६२ हजारबराबरको सामग्री निर्यात भएको छ ।

यस्तै, आर्थिक वर्षको नौ महिनासम्म तातोपानी नाकाबाट आठ अर्ब ६२ करोड ८८ लाख ५३ हजार रुपैयाँबराबरको सामान आयात भएको छ । निर्यात शून्य छ ।

तातोपानी नाका खुलाएसँगै निर्यात बढ्ने नेपाल निर्यात परिषद्का अध्यक्ष रमेशबहादुर पोख्रेल बताउँछन् । “चिनियाँ बजारमा सामान निर्यातको लागि तातोपानी नाका सबैभन्दा छोटो नाका हो । यो नाका सञ्चालनमा आउनु निर्यातकर्ताको खुसीको कुरा हो,” उनले भने ।

चीनसँगको व्यापारका लागि तातोपानी नाका सबैभन्दा छोटो ‘रुट’ हो । हवाईभन्दा स्थलमार्गबाट समान पठाउन ७५ प्रतिशत सस्तो पर्ने उनको भनाइ छ ।

निर्यात खुला हुनुभन्दा यसले निरन्तरता पाउनु महत्त्वपूर्ण रहेको उनी बताउँछन् । “नाका खुला हुनु, एकदुई दिन कन्टेनर जानु महत्त्वपूर्ण कुरा होइन,” अध्यक्ष पोख्रेलले भने, “यसले निरन्तरता पाउनु महत्त्वपूर्ण कुरा हो । यसले निरन्तरता पाओस् भन्ने हाम्रो धारणा हो ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १८, २०८०  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro