site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
वर्ल्डलिंक र पब्जीबीच सम्झौता

काठमाडौं । विश्वको अग्रणी मोबाइल गेम पब्जी मोबाइल र नेपालको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकबीच गेमिङको थप विकासका लागि सम्झौता भएको छ । नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै गइरहेको अवस्थामा पब्जीका नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमरहरू रहेका छन् । 

“मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा गेमिङ समुदायको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोसलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ," वर्ल्डलिंकका सीईओ केशव नेपालले भनेका छन् ।

Dabur Nepal
NIC Asia

वर्ल्डलिंक र पब्जीले यो साझेदारीलाई नेपालको मोबाइल गेमिङका लागि एउटा अभूतपूर्व कदम भएको र यसले रोमाञ्चक गेमिङको जीवन्त अनुभवलाई आत्मसाथ गर्ने जनाएको छ । 

“थुप्रै विशेषता एवं सुविधाहरूको साथ, नेपाली मोबाइल गेमरहरूले पूर्ण रूपमा नयाँ तहको उत्साह एवं गेमिङको अनुभव प्राप्त गर्न सक्नुहुनेछ जसले गेमिङ प्रतिको दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ । यो बृहत् भविष्यतर्फको पहिलो कदम हो जसले मोबाइल गेमका लागि नयाँ अवसरहरू प्रदान गर्ने छ र गेमिङको जीवन्त अनुभव प्रदान गर्ने छ," उनले भने ।

यस साझेदारीको महत्त्वबारे बताउँदै टेन्सेन्ट साउथ एसिया पब्लिसिङका सहायक निर्माताले भने, “मोबाइल गेमिङको इकोसिस्टम परिवर्तन ल्याइ नयाँ ब्रान्डका रूपमा नेपाल हाम्रा लागि प्रमुख क्षेत्र बनेको छ । यो खेलको लोकप्रियता मात्र होइन, यस खेलका  प्रतिभाहरूले ग्लोबल एस्पोर्ट्स इभेन्टहरूमा प्रतिस्पर्धासमेत गर्दै आएका छन् ।"

उनले थप भने, “पीएमजीसीमा, डीआरसी, डेडआइज गाइज, स्काई लाइट्स गेमिङ र टी२के जस्ता हाम्रा प्रतिभाले पब्जी मोबाइलका लागि ग्लोबल एस्पोर्ट्स इभेन्टसमा बारम्बार आफ्नो क्षमता  प्रदर्शन गरेको  स्पष्ट रूपमा देख्न सकिन्छ ।  यस्ता प्रतिभाहरू देख्न पाउँदा ठूलो सन्तोष एवं आनन्द समेत मिल्दछ ।"

साझेदारीले नेपालमा मोबाइल गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्ने र नेपालको गेमिङ समुदायका लागि थप  रोमाञ्चक अनुभवहरू प्राप्त हुने कम्पनीको भनाइ छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro