site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नयाँ स्टक र कमोडिटिजको लाइसेन्स दिन सहसचिवको नेतृत्वमा मूल्यांकन समिति गठन

काठमाडौं । नयाँ स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्जलाई अनुमति दिन नेपाल धितोपत्र बोर्डले कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतमको नेतृत्वमा मूल्यांकन समिति गठन गरेको छ ।

बोर्डले नयाँ स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्ज स्थापना गर्न दिएका निवेदन अध्ययन गरी बोर्डमा कम्पनी सिफारिस गर्न मूल्यांकन समिति गठन गरेको हो ।

आइतबार बिहान बसेको बोर्डको सञ्चालक समितिको बैठकले गौतमको नेतृत्वमा पाँच सदस्यीय मूल्यांकन समिति गठन गरेको बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ जानकारी दिए । समितिमा उनी सदस्य छन् ।

सदस्यमा श्रेष्ठसहित अर्थ मन्त्रालयबाट बोर्डको सञ्चालक रहेका राजस्व महाशाखा प्रमुख सहसचिव रितेशकुमार शाक्य, राष्ट्र बैंकबाट बोर्डमा सञ्चालक रहेका कार्यकारी निर्देशक मुकुन्दकुमार क्षेत्री र बोर्डका उपकार्यकारी निर्देशक अम्बिका गिरी रहेका छन् ।

समितिलाई स्टक एक्सचेन्ज र कमोडिटिज एक्सचेन्ज सञ्चालनका लागि परेका निवेदन मूल्यांकन गर्दै सञ्चालक समितिमा प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको श्रेष्ठले बताए ।

समितिलाई समय सीमा भने निर्धारण गरिएको छैन । बोर्डमा नयाँ स्टक एक्सचेन्ज स्थापना गर्न हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्जले निवेदन दिएका छन् ।

यस्तै, कमोडिटिज एक्सचेन्जतर्फ मल्टी डेरिभेटिभ एक्सचेन्ज, मल्टी एसेट्स एन्ड डेरिभेटिभ एक्सचेन्ज, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ एक्सचेन्ज र नेपाल मल्टी कमोडिटिज एक्सचेन्जले निवेदन दिएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: आइतबार, वैशाख १७, २०८०  १७:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro