site stats
बाह्रखरी :: Baahrakhari
देश
बाजुरामा फेरि भूकम्पको धक्का
Argakhachi Cement Island Ad

काठमाडौं । बाजुरामा फेरि भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार बिहान भूकम्पको एउटा धक्का मापन गरिएको हो ।

बिहान ११ बजेर २८ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएको ३.६ म्याग्निच्युडको कम्पन मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

यसअघि, बाजुरा नै केन्द्रविन्दु भएका १० घण्टामा भूकम्पका पाँच धक्का मापन गरिएको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १४:३१
प्रतिक्रिया दिनुहोस्