site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
१० घण्टामा बाजुरामा भूकम्पका पाँच धक्का

काठमाडौं । बाजुरामा १० घण्टाको अवधिमा भूकम्पका पाँच धक्का महसुस गरिएको छ । गए राति ११ बजेर ५८ मिनेटदेखि आज बिहाज ९ बजेर २५ मिनेटसम्म तीन म्याग्निच्युडदेखि माथिका भूकम्पका पाँच धक्का मापन गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेटमा बाजुराको दहकोट आसपास केन्द्रविन्दु भएर ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि आज बिहान साढे १ बजे दहकोट आसपासै केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो ।

यस्तै, १ बजेर ५१ मिनेटमा दहकोट आसपासै केन्द्रविन्दु भएको ३.९, बिहान ५ बजेर ५७ मिनेटमा बाजुराकै बिच्छ्या आसपास केन्द्रविन्दु भएको ३.९ म्याग्निच्युडकै कम्पन मापन गरिएको थियो ।

शुक्रबारै बिहान ९ बजेर २५ मिनेटमा बाजुराको दहकोटै आसपास केन्द्रविन्दु भएको ४.१ म्याग्निच्युडको धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार राति ११ बजेर ५८ मिनेट र बिहान साढे १ बजेको नयाँ भूकम्प हुन् । त्यसबाहेक अरू धक्का साढे १ बजे गएको ५.९ म्याग्निच्युडको भूकम्पकै परकम्प भएको केन्द्रले जनाएको छ ।

यसअघि, यही वैशाख १० गते बाजुराकै कैलाशमाडौँ आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

पश्चिम क्षेत्रमा ठूलो भूकम्प नगएको लामो समय भएको र पछिल्लो समय साना भूकम्प मापन भइरहेको केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  १२:२२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro