site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पृथ्वीनारायण, तिमी फेरि जन्मनैपर्छ ! 
Tiktok banner adTiktok banner ad

पृथ्वीनारायण, तिमी फेरि जन्मनैपर्छ
फेरि पनि कौशल्यावतीको कोखबाट
तिमी यो भूमिमा जन्मनैपर्छ !

तिमीले आर्जेको त्यो ‘ग्रेटर नेपाल’
लुछिएको लुछियै छ    
के पूर्व, के पश्चिम
के उत्तर, के दक्षिण !
जाउलो आफ्नै चोटामा खाए पनि
हात पखाल्न 
छिमेकीले खोस्रिएर
आफ्नो भनी टोपलेको भूमिमा
जान बाध्य पारेको छ
त्यसैले पृथ्वीनारायण, 
तिमी यो भूमिमा फेरि जन्मनैपर्छ !

तिम्रो दिव्योपदेश– 
मात्र उपदेशमै सीमित रह्यो,
यहाँ त ‘ठूलाबडा’ भनाउँदा 
आदेशको पर्खाइमा हुन्छन्
आदेश कहिले दक्षिणबाट 
आदेश कहिले उत्तरबाट
आदेश कहिले पश्चिमबाट
जताबाट पनि आउन सक्छ आदेश !

आदेशले नतमस्तक बनाउँछ ‘ठूला’हरूलाई
आदेशले लम्पसार बनाउँछ ‘बडा’हरूलार्ई
यो दुर्गति कहिलेसम्म हेरिरहनुपर्ने ?
यो दुर्मति कहिलेसम्म भोगिरहनुपर्ने ?
त्यसैले पृथ्वीनारायण, 
तिमी यो भूमिमा फेरि जन्मनैपर्छ !

बलभद्र, भीमसेन, 
कालु पाँडे, माथवर
र, कैयौँ वीर योद्धाहरू
प्रत्येक नेपाली आमाको कोखबाट अब
यो भूमिमा फेरि जन्मनेछन्
अनि, तिमीले रचेको
त्यो उदाउँदो सूर्यको सुन्दर टिस्टा,
अनि अस्ताउँदो सूर्यको लालिमायुक्त काँगडा
फेरि आफ्नै भूमिमा जोड्नु छ
तिम्रा मूल्यवान् दिव्योपदेश 
फेरि एकपटक देशभरि छरेर
प्रत्येक नेपालीको ढुकढुकीमा 
जडैदेखि उनेर
एक सुन्दर, समृद्ध, शान्त,
प्रकृतिमय साझा फूलबारी 
र, 
‘विशाल नेपाल’ बनाउनु छ !
त्यसैले पृथ्वीनारायण,
तिमी यो भूमिमा फेरि जन्मनैपर्छ !
(विजयपुर, धरान) 
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  ०६:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro