साहित्य

सुशान्त थापा
सिजना कर्म हो
धर्म भनेको कर्ममा जुट्नु हो
आस्था आफू पहिले मानव हुनु हो
हरेक मानव पूजनीय छ भन्नु
ईश्वर पुज्नुसरह हो ।
हिँड्ने मान्छे नलडेको कहाँ छ र
उड्ने चराले पखेटा नफिँजाएको कहाँ छ र
प्रकृति प्रेम होस् वा ईश्वर
मानवले नै संसारको रूप देखेको छ
जब आस्था रोपिन्छ अनि फूलहरू
फुलेका हुनेछन्,
शुभकामनाहरूमा त्यहाँ
भेटिन्छन् ईश्वररूपी मनहरू ।
आत्मा छ अदृश्य
र त हामी कल्पना गर्छौँ विचित्र
गहिरो मनको नदेखिएको
प्रेम नै आत्मा हो
कति प्रेम छ मनहरूमा,
त्यो प्रेम साहित्यको रूप हो
साहित्यको स्वरूप नै
एक सुन्दर जीवन ।
(विराटनगर–१३)
प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८० ०६:३३
प्रतिक्रिया दिनुहोस्