site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मनपरी शुल्क असुल्दै निजी विद्यालय, सरकारको मौन समर्थन !
Siddhartha BankSiddhartha Bank

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाका सरोज मिश्र दुई विद्यार्थीका अभिभावक हुन् । उनका दुई सन्तान जनकपुरधामकै निजी विद्यालयमा पढ्छन् । महिनैपिच्छे तिर्नुपर्ने चर्को शुल्कले उनी आजित भइसकेका छन् ।

सेवा नै नदिने शीर्षकको शुल्क बिलमा थपेर पठाउने गरेको उनको गुनासो छ । विद्यार्थीको सिकाइ भने सन्तोषजनक नरहेको उनले बताए । अधिकांश निजी विद्यालयमा कमजोर शिक्षकले पढाउने गरेको उनको ठहर छ । जसकारण विद्यार्थीहरूको नतिजा पनि सन्तोषजनक नआएको उनी बताउँछन् । 

"शुल्क मात्रै होइन, किताब, कापी, कलम पोसाकलगायतको शैक्षिक सामग्री खरिदमा समेत निजी विद्यालयले सिन्डिकेट लगाएको छन्," उनले भने, "सबै सामान उनीहरूले भनेकै ठाउँबाट लिनुपर्छ । वर्षैपिच्छे किताब परिर्वतन गरेर निजी विद्यालयहरू कमाउ धन्धामा लागेका छन् ।"

Agni Group
NIC Asia

जनकपुरधाम उपमहानगरपालिका–९ का अर्का अभिभावक जयप्रकाश महतोको गुनासो पनि उस्तै छ । निजी विद्यालयले शिक्षाको नाममा 'लुटिरहेको' उनले बताए । अतिरिक्त क्रियाकलापका नाममा पैसा लिन तर सेवा नदिने गरेको उनले बताए । 

सरोज मिश्र र जयप्रकाश महतो प्रतिनिधिमूलक अभिभावक हुन् । मधेस प्रदेशका अधिकांश निजी विद्यालयले मनपरी शुल्क असुल गर्दै आएका छन् । तर, पनि सरकारले कुनै चासो नदेखएको गुनासो अभिभावकको छ । आवाज उठाउन खोज्ने अभिभावकलाई पनि निजी विद्यालयले शुल्कमा छुट दिएर मौन बस्न बाध्य पारेको आरोप छ । 

Global Ime bank

धनुषासहितका जिल्लामा अभिभावक संघ छैन । प्रत्येक वर्ष उही समस्या देखिए पनि त्यसको नियमन, अनुगमन र कारबाही गर्ने सरकारी निकायले प्रभावकारी ढंगले काम गरेका छैनन् । 

प्याब्सन मधेस प्रदेशका सचिव गणेशप्रसाद साह नै निजी विद्यालयले मनपरी शुल्क असुल गरिरेको स्वीकारे गर्छन् । सरकार सक्रिय नहुँदा निजी विद्यालयले मनपरी शुल्क असुल गरिरहेको उनको भनाइ छ ।

उनका अनुसार मापदण्डअनुसार विद्यालयहरूको वर्गीकरण नहुँदा शुल्क निर्धारणसमेत भएको छैन । केही विद्यालयबाहेक अधिकांशले व्यवस्थापनकै आधारमा शुल्क लिने गरेको उनले बताए ।

"जुन विद्यालयलयमा खेल मैदान छैन, मेडिकलको व्यवस्था छैन, त्यो विद्यालयले यी शिर्षकहरूमा शुल्क लिएका छन् भने यो गलतहो । यस्ता विद्यालयलाई अनुगमन गरी कारबाहीको दायरामा ल्याउनुपर्छ," उनले भने । 

स्थानीय तहले पनि गुणस्तरीय शिक्षाका लागि प्रभावकारी भूमिका निर्वाह नगर्दा समस्या देखिएको हो । "अहिले स्थानीय तहलाई त सबै अधिकार छ । स्थानीय तहले विद्यालयमा ध्यान दिएको छैनन्," उनले भने, "निजी विद्यालयबाट कर लिनुबाहेकको मतलब नै राखेका छैनन् ।"

विद्यार्थीको चापअनुसार नभएर जथाभाबी अनुमति नदिँदा पनि समस्या आएको उनको बुझाइ छ । विद्यार्थी कम भएको ठाउँको विद्यालय मर्ज गर्नुपर्ने र बढी भएको ठाउँमा अनुमति दिनुपर्ने उनले बताए ।

जनकपुरधाम उपमहानगरपालिका उपप्रमुख किशोरी साह पनि अहिलेसम्म विद्यालयको अनुगमनको विषयमा कुनै गतिविधि गर्न नसकिएको स्वीकार गर्छन् । विद्यालयलाई नियमन गर्ने कुनै निर्णय नभएकाले कुनै गतिविधि नगरेको उनको तर्क छ । 

"पहिलाकै नीति नियमअनुसार अहिलेसम्म चलिरहेको छ । सरकारी विद्यालयमा अनुगमन गरे पनि निजीतर्फ हामीले गर्न सकेका छैनौँ," उनले भने, "६ महिनादेखि राजनीतिक गतिविधिमै व्यस्त थियौँ । अब छलफल गरेर समस्या समधान हुने गरी योजना बनाउछौँ ।"

धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल बेलाबेला चर्को शुल्कको आवाज उठे पनि लिखित रूपमा कुनै गुनासो नआउँदा नियमन गर्न नसकिएको बताउँछन् । लिखित उजुरी आए कारबाहीको दायरामा ल्याउने उनको भनाइ छ । तर पनि स्थानीय तहसँग समन्वय गरी चर्को तथा जथाभावी शुल्क असुल्ने विद्यालयलाई दायरामा ल्याउने उनले बताए । 

मधेस प्रदेशमा करिब एक हजारको हराहारीमा निजी विद्यालय सञ्चालनमा छन् । जसमा करिब सात लाख ५३ हजार विद्यार्थी अध्ययन गरिरहेका छन् भने ६ हजार ८०० शिक्षक कार्यरत छन् । 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख १५, २०८०  ०६:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu