site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भेडीगोठजस्तो पोखरा अन्तर्राष्ट्रिय विमानस्थल !
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

पोखरा । गएको बिहीबार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको ढोका बाहिरबाट बन्द थियो । भित्र यात्रु खचाखच थिए । पोखराबाट अन्तर्राष्ट्रिय उडान भएको थिएन । आन्तरिक कक्ष पनि यात्रुले खचाखच थियो ।

विमानस्थलको भवन परिसरमा समेत मानिस उत्तिकै देखिन्थे । झोक्राइरहेका, गफिरहेका, कोही निदाइरहेका थिए । कोही काउन्टरमा उभिएर आफ्नो उडानबारे बुझ्दै थिए । विमानस्थलको टर्मिनल भवन यात्रुले भरिभराउ थियो ।

342242823_788414159526204_8057405018589008204_n1682595127.jpg

KFC Island Ad
Dabur Nepal
NIC Asia

काखमा दुधे बालक लिएकादेखि ह्विलचेयरमा बसिरहेका वृद्धवृद्धासम्म थिए । सबै टर्मिनल कक्षभित्रै थिए । आन्तरिक उडानका यात्रुलाई निषेध गरिने अन्तर्राष्ट्रिय आगमन कक्ष समेत खुला थियो । निला रङका प्लास्टिकका कुर्सीमा विदेशीदेखि स्वदेशी यात्रु बसिरहेका थिए । बस्न नपाउनेजति उभिएका, कोही बाहिर निस्केर टहलिरहेका थिए । कोही भुईंमै बसेर थकान मारिरहेका थिए । कोही तस्बिर खिचाउँदै थिए ।

341115657_235908165685816_6178133461944295290_n1682595100.jpg

Royal Enfield Island Ad

अन्तर्राष्ट्रिय आगमन कक्षको ढोकाबाहिर दुई व्यक्ति स्टिलका कुर्सी ‘फिटिङ’ गर्दै थिए । विमानस्थल प्रशासनले ८० यात्रु बस्न मिल्ने गरी यी कुर्सी खरिद गरेको थियो । त्यसकै फिटिङमा व्यस्त थिए, दुई व्यक्ति ।

मान्छेको भीडले अस्तव्यस्त र भरिभराउ देखिएको विमानस्थलको अन्तर्राष्ट्रियतर्फको आगमन कक्षमा निलो कुर्सीमा सुस्ताइरहेका थिए, सुशील श्रेष्ठ । अनुहारमा निराशा देखिन्थ्यो । उनले आक्रोश पोखे, “यो त अन्तर्राष्ट्रिय विमानस्थल होइन, भेडीगोठ हो ।”

काखमा दुई महिनाको बच्चा लिइरहेका उनी रिसाउनुको कारण पनि छ । पोखराबाट काठमाडौंका लागि उनले आफू र श्रीमतीका निम्ति मंगलबारको टिकट लिएका थिए । विमान उड्नेभन्दा केही समयअगावै विमानस्थलमा पुगे । तर, त्यो दिन उडान नहुने भनियो । बुधबार दुईपटक विमानस्थल पुगे । अघिल्लै दिनको नियति दोहोरियो ।

बिहीबार उनले काठमाडौंको टिकट ‘क्यान्सिल’ गरे । आमाको मुख हेर्ने दिन भएकाले सिधै भैरहवाको टिकट लिए । भैरहवा जाने विमान कुरेर बसेका श्रेष्ठले समयमा उडान नहुँदा दिनमा मात्र सात हजार खर्च बढेको सुनाए ।

यसको दोष उनले व्यवस्थापनलाई दिए । “अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिकभन्दा पनि खराब छ । यहाँ कुनै सिस्टम नै छैन । कुन जहाज आयो, कुन जाँदै छ, जाने आउने समय, कुन एयरलाइन्सको काउन्टर कुन हो, कुन जहाज कति बेला उड्छ भन्ने केही सिस्टम नै छैन,” उनले भने ।

उनी थप्छन्, “यहाँ त उनीहरूले हचुवाको भरमा काम गरेका छन् । यात्रुलाई नै सबै जिम्मेवारी दिएका छन् । मान्छेहरू आउने, फर्किने भइरहेको छ । विदेशी पर्यटकले के सोच्लान् कुन्नि !”

341113719_1415064242662199_1525542503168376619_n1682595158.jpg

व्यवसायको सिलसिलामा धेरै देश घुमेको तर यहाँको जस्तो अस्तव्यस्त र भद्रगोल व्यवस्थापन कहीँ पनि नभएको उनी बताउँछन् । “विदेशमा कहिल्यै डिले भएको थाहा छैन । समयमा नै आउने जाने गर्छ । अब यहाँ किन यस्तो भइरहेको छ, केही बुझ्न सकेको छैन,” उनले भने ।

विमानस्थल प्रशासनले भिजिबिलिटी नपुगेका कारण उडान प्रभावित भएको जनाएको थियो । तर, उनी त्यसलाई मान्न तयार थिएनन् ।

“त्यति भिजिबिलिटी नपुग्ने भएपछि विमानस्थल बनेको के काम ?,” उनले प्रश्न गरे, “हिमाली जिल्लामा हुस्सु लागिरहेको हुन्छ, त्यहाँ उडान भइरहेकै हुन्छ । यहाँ केही न केही भएर नउडाएको पनि हुनसक्छ ।”

आफू बसिरहेको कुर्सीमाथि पनि उनले प्रश्न उठाए, “अन्तर्राष्ट्रिय विमानस्थल भनेको छ, ४५० को कुर्सीमा बस्नुपरेको छ । यसले त विमानस्थलकै साख गिराउँछ ।”

अमेरिकी नागरिक फ्रेडको १०ः३० बजेको सौर्य एयरलान्सको टिकट थियो । उनी १० बजे नै विमानस्थल पुगे । तर, उडान भएन । दिउँसो २ बजे पनि उनी विमास्थलमै भेटिए । “उडानमा यति लामो पर्खाइ मेरो पहिलो अनुभव हो,” उनले संक्षिप्तमा भने ।

थाई नागरिक जग्बी मसुराले पनि सोही दिन काठमाडौंका लागि टिकट लिएका थिए । नेपाल घुम्न आएका उनले अन्तर्राष्ट्रिय विमानस्थलमा आधारभूत सेवा समेत उपलब्ध नभएको गुनासो गरे ।

पोखरा उद्योग वाणिज्य महासंघका पूर्वमहासचिव सुरेन्द्रमान बिजुक्छेले पनि बिहीबार नै काठमाडौंका लागि टिकट लिएका थिए । उनले विमानस्थलमा तीन घण्टा कुर्नुपर्‍ ।

“म तीनचार घण्टा कुरेँ । कम्तीमा यति समय डिले हुन्छ भनेर भनिदिनुपर्थ्यो । विमानस्थलमा सूचना प्रवाहको व्यवस्थापन नै छैन,” उनले भने ।

उनको गुनासो थियो, “कुन एयरलाइन्सको कति बजेको फ्लाइट हो, त्यो त कमसेकम खुलाउनुपर्छ नि ! अन्तर्राष्ट्रिय विमानस्थल भनेका छन्, व्यवस्थापन शून्य छ ।”

अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित हुँदा यात्रुको सहजताका लागि कुर्सीको समेत व्यवस्था थिएन । बिहान ७ बजेदेखि पुगेर झन्डै सात–आठ घण्टा विमान कुर्ने यात्रु भोकै बस्नुपर्ने बाध्यता छ । विमानस्थलले एउटा चमेनागृह (क्यान्टिन)को समेत व्यवस्थापन गर्न सकेको छैन ।

341126899_246270384480479_4642910481931813216_n1682595183.jpg

विमानस्थलको शौचालय दुर्गन्धित बनेको छ । नियमित सरसफाइ गरेको देखिँदैन । विमानस्थलमा आउने यात्रुको सुविधाका लागि एउटा पनि बैंकको एटीएम काउन्टरको सुविधा त्यहाँ छैन । ट्याक्सीचालकको शुल्क मनपरी छ । दुईपांग्रे सवारीसाधनले एक घण्टाको पार्किङ शुल्क ३० रुपैयाँ बुझाउपर्छ । थप पाँच मिनेट बढी राखेमा दुई घण्टाको पार्किङ शुल्क बुझाउनुपर्छ । विमानस्थलमा पुग्ने जो कोहीले देख्न सक्ने दृश्य हो, यो ।

अर्कातर्फ, नियमित उडान नभएर यात्रु आगमन कक्षमा खचाखच भरिँदा विमानस्थलको सुरक्षामा पर्न सक्ने खतरालाई पनि विमानस्थल प्रशासनले नजरअन्दाज गरेको छ ।

०००

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बनाउनुपर्छ भनेर दबाब दिने नागरिक समूहका अगुवा आनन्दराज मुल्मी यसलाई नागरिक उड्डयन प्राधिकरण (क्यान)को अकर्मण्यता भन्छन् ।

उनको भनाइ यस्तो छ–
एयरपोर्टको टर्मिनल जहिलेदेखि बन्न लागेको थियो, त्यो बेलादेखि नै हामीले क्यानलाई विमानस्थलको क्यापासिटी, कसरी बन्दै छ, के–के हुँदै छ सार्वजनिक गर्नुपर्छ भनेर भनेका थियौँ । तर, क्यानले यसलाई थाहा पाएर, नपाएर वा बनाउने कम्पनीको हाई ह्यान्डलनेस होस्, त्यो उनीहरूले नै जानोस् । त्यसको बारेमा आम नागरिक र सरोकारवालाई कुनै जानकारी नै नदिईकन सम्पन्न भएको हो । त्यसको कम्पोनेन्टहरू के–के हुनुपर्छ भनेर हामीले भनेकै थियौँ । न्यूनतम आवश्यकता, फिचरको बारेमा भनेका हौँ । तर, क्यानले पटक–पटक भन्दा पनि लापरबाही गर्‍ ।

पाँच वर्षअघिसम्म पनि डाँडा काट्नुपर्छ भन्ने थाहा नहुने, डिपो चाहिन्छ भन्ने थाहा नहुने लापरबाही नै हो । आन्तरिक र बाह्य गरेर कति यात्रु व्यवस्थापन गर्न सकिन्छ, हरेक वर्ष यात्रुहरू १५/१८ प्रतिशतले बढिरहेका छन् । त्योअनुसारको टर्मिनल भवनमा यात्रुहरूलाई राख्नेदेखि लिएर कुर्ने सबै किसिमको सुविधा हुनुपर्छ भनेका थियौँ । बेवास्ता भयो ।

हामी प्राविधिक होइनौँ । तर, बाहिरबाट हेर्दा देखिने आवश्यकता जस्तै, चिया खाने ठाउँदेखि लिएर क्याफेटेरियाका कुरा, साउन्ड सिस्टमको कुरा, अहिले नै साउन्ड सिस्टम सुनिँदैन । अर्कातर्फ, विमानबाट झरेर ट्याक्सीसम्म जाने बेलामा पानी पर्‍ भने ओत लाग्ने ठाउँ छैन, भिज्नुपर्छ । आदि, इत्यादि कुरा भनेका नै हौँ । तर, क्यानको लापरबाहीको बारेमा कुनै दुईमत नै छैन ।

भिजिबिलिटीकै कुरा गरौँ न । हिजोसम्म के भनेका थिए भने, हामीले इक्विपमेन्ट जडान गरेपछि भिजिबिलिटीको समस्या हुँदैन भन्ने कुरा त उनीहरूकै मुखबाट सुनेको हो नि ! तर, आज हरेक दिन भिजिबिलिटी अभावमा उडान प्रभावित भइरहेका छन् । यस्ता प्राविधिक पक्षका बारेमा क्यानजस्तो जिम्मेवार संस्था बढो गम्भीर हुनुपर्नेमा लापरबाही भएको छ ।

यसको पछाडि के शंका गरिरहेका छौँ भने पोखरा विमानस्थललाई जसोतसो, जे गरे पनि हुन्छ भन्ने मानसिकताबाट उनीहरू गुज्रेका छन् ।

पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्नुपर्छ भन्नेमा सुरुदेखि नै उनीहरू असहमत थिए, क्यानका कर्मचारीदेखि हरेक पक्षहरू । यो त जनताको दबाब, नागरिकको दबाबबाट सरकारले सम्झौता गरेको हो । यो बनाएका छौँ, चले पनि मतलब छैन, नचले पनि मतलब छैन भन्ने धारणा आजसम्म पनि विकसित छ । विमानस्थल उद्घाटन गर्ने भन्ने मिति ६ महिना पहिलेदेखि नै थाहा थियो । तर, कहाँ चलाउने हो, के बिजनेस प्लान बनाउने हो, कसरी ह्यान्डल गर्ने हो भन्ने अत्तोपत्तो छैन । एकैपटक उद्घाटन भयो, काम पूरा भयो भनेर उनीहरू गर्व गर्छन् ।

जिम्मेवार बन्न सक्ने, जवाफदेहिता लिन नसक्ने अवस्थाबाट, पोखरेलीको त्यत्रो आन्दोलनबाट बनेको विमानस्थलको औचित्यमाथि प्रश्न उठेको छ । हामीले डोमेस्टिक विमानस्थलको रूपमा मात्र स्थापना गर्न खोजेका त होइनौँ नि ! योभन्दा त त्यही पुरानो विमानस्थल नै सहज छ नि त !

त्यो कुराको हेक्का सरकारको संयन्त्रले गर्नुपर्थ्यो । यो अव्यवस्थाको चरमविन्दुमा पुगेको छ । चाहे त्यो ट्याक्सी पार्किङकै कुरा किन नहोस् ।

एउटा ट्याक्सीले एक दिनमा ३६० रुपैयाँ तिर्नुपर्ने रहेछ । त्यही बहानामा उसले चर्को शुल्क लिने भयो । हामीले कमसेकम गेटसम्म सटल बस चलाउन भनेका थियौँ । कोही नगरबस चढेर जाला, कोही सस्तोमा ट्याक्सीमा नै जाला । यति पनि गर्न नसक्ने, यति पनि सक्षमता नभएको क्यानबाट नेपालको हवाई उड्डयन योभन्दा प्रभावकारी हुन्छ भन्ने कुरामा विश्वास गर्ने ठाउँ नै रहेन ।

हुँदाहुँदा त्यो १८० सिटको प्लेन पनि पोखरेलीको नसिबमा छ कि छैन भन्ने दिन आइपुग्यो । अहिलेको क्यानबाट यसको आशा छैन । त्यहीँका स्टाफले चार ठाउँमा पास देखाउनुपर्ने अवस्था छ । उनीहरूले लन्च गर्ने ठाउँ छैन । चिया खाने ठाउँ छैन । उनीहरूले नै हाम्रो इफिसेन्सी कसरी बढ्छ भनिरेहका छन् । यसलाई म्यानेज गर्नेबारेमा त क्यानलाई जानकारी थियो नि, तर गरेन । यो अकर्मण्यताको पराकाष्ठा हो ।

यसलाई रिअर्गनाइज नगर्ने हो भने क्यानबाट नेपालको हवाई उड्डयनको विकासको सम्भावना छैन । क्यानलाई टुक्र्याउने प्रस्ताव सरकारले ल्याएको थियो । त्यसलाई मूर्तरूप दिन पनि सरकारले कञ्जुस्याइँ गरिरहेको छ । यसले के देखाउँछ भने त्यहाँ कति सेटिङ गरिएको छ ।

कर्मचारीले टुक्र्याउन नदिने, नटुक्र्याएसम्म युरोपेली युनियन र आईकाओले दिने अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुँदैन । नेपालको आकाश असुरक्षित छ भन्ने कुराको सन्देश दिइराख्ने, यो भनेको नेपालको पर्यटनलाई ध्वस्त बनाउने, यो भनेको नेपालको छविमाथिको प्रहार हो । सरकार यसमा चुकेको छ । क्यानजस्तो संस्थालाई नटुक्र्याएसम्म हवाई उड्डयनको विकास हुँदैन ।

०००

विमानस्थल सञ्चालन तथा व्यवस्थापिका निर्देशिका, २०७९ ले विमानस्थल व्यवस्थापनको जिम्मा कार्यालय प्रमुखलाई दिएको छ । निर्देशिकाअनुसार यात्रु सुविधालाई व्यवस्थित बनाउने विषयमा वायुसेवा कम्पनीहरू सम्मिलित बैठक वर्षको दुईपटक बस्नुपर्छ ।

पोखरा विमानस्थल कार्यालयका प्रमुख विक्रमराज गौतमले भने यात्रुको व्यवस्थापनका विषयमा काम भइरहेको बताए । “मैले प्लान गरेको, ओभरअल एक हजारजति यात्रुको सिट व्यवस्थापन गरेको हो,” उनले भने ।

बिहीबार १५ फ्लाइट ‘क्यान्सिल’ भएको र यात्रु एकैपटक जम्मा भएका कारण भीड देखिएको उनको भनाइ छ । “आज (बिहीबार) के भयो भने १५ वटा उडान प्रभावित भए । मौसम खुल्छ वा खुल्दैन त्यो पनि निश्चित भएन । त्यसपछि यात्रुहरूलाई भित्र पठाउने कि नपठाउने भन्ने भयो,” उनले भने ।

उनले थपे, “कस्तो भयो भने हामीले राख्ने क्षेत्रभित्र राख्न पाएको भए त्यस्तो अवस्था हुँदैनथ्यो । प्रहरीले चाहिँ उडान भएन भने यात्रुहरूलाई भित्र पठाउँदा झनै भीड हुन्छ कि भने । पछि मैले यात्रुहरूलाई भित्र जान दिएँ । १५ वटा उडान वेटिङमा थिए,  यो भनेको झन्डै एकहजारजना यात्रुको संख्या हो । भोलिदेखि त्यस्तो हुँदैन ।”

341191253_1277017586256508_2192124126322862603_n1682595213.jpg

प्लास्टिकका कुर्सीहरू त्यहाँ शोभनीय देखिन्छ त ? गौतम भन्छन्, “यो मेरो प्लान हो । उद्घाटन हुने समयमा पनि मौसमको समस्या थियो । त्यो मौसमी अवस्था बुझेर नै फ्लाइट रोकिँदा यात्रु व्यवस्थापन गर्न गाह्रो पर्छ, अर्कातर्फ यात्रुहरूले पनि वास्तविकता नबुझी प्लास्टिकका कुर्सी देख्दा भर्खरै बनेको विमास्थलमा के हो यो भनेर प्रश्न गर्छन् । उनीहरूलाई पनि बुझाउन समय लाग्छ । तर, मैले यात्रु व्यवस्थापनमा केही हदसम्म सहयोग हुन्छ भनेरै प्रयोग गरिएको हो ।”

उद्घाटनको झन्डै चार महिनासम्म पनि विमानस्थलले त्यति बेलै खरिद गरेका प्लास्टिकका कुर्सी नै प्रयोगमा ल्याइरहेको छ ।

क्यान्टिन अभावका कारण यात्रुले भोकै उडान गर्नुपर्ने बाध्यताका बारेमा भने उनले चिनियाँहरूले नबनाएको भन्ने जवाफ दिए । “सबै कुराहरू समायोजन गर्दै जाने कुराहरू हुन् । त्यति बेला चिनियाँहरूले बनाएको देखिएन,” उनले भने ।

नयाँ चमेनागृह टर्मिनल भवनको बाहिर करिब एक हजार वर्गफिट क्षेत्रफलमा बन्ने उनले जानकारी दिए । क्यानले यसका लागि टेन्डर खुलाएर आवेदक पनि छनोट गरिसकेको उनले बताए । कञ्चनपुरको होटेल ओपेरा प्रालिलाई विमानस्थलले छनोट गरेको हो । सम्झौता भने भएको छैन ।

एटीमएमका लागि पनि टेन्डर आह्वान भएको र छनोटको प्रक्रियामा गएको उनले जानकारी दिए ।

विमानस्थलको टर्मिनलअगाडि ट्याक्सी र बाइक पार्किङमा राखिएको देखिन्छ । त्यसबापत विमानस्थलले क्षेत्रीय विमानस्थलको तुलनामा तीनगुणा शुल्क बढाएको छ । पार्किङको शुल्क उठाउनका लागि विमानस्थलले स्क्वाएयर एड्भाइजर प्रालिलाई ठेक्का दिएको छ । पार्किङको विषयमा नागरिकले चर्को विरोध गरे पनि विमानस्थल प्रशासनले त्यसलाई नसुनी अर्को कम्पनीलाई ठेक्का दिएको हो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro