
कठमाडौं । लक्ष्मी सन्राइज बैंकले आर्थिक वर्ष २०८०/८१ को कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ । यसले वातावरण संरक्षण र जलवायु पारदर्शिताप्रति बैंकको प्रतिबद्धता रहेको बताइएको छ ।
कार्बन अकाउन्टिङ फाइनान्सियल पद्धतिअनुसार तयार पारिएको प्रतिवेदनले बैंकको ऋण पोर्टफोलियोका प्रमुख क्षेत्रहरूसँग सम्बन्धित कार्बन फुटप्रिन्टको परिमाण निर्धारण गर्दछ ।
यही योजनाअन्तर्गत बैंकले चालु आर्थिक वर्षमा १० हजार रूख रोप्ने लक्ष्य लिएकाे छ । यसअन्तर्गत हालसम्म बैंकले करिब सात हजार ५०० रूखहरू रोपीसकिएको बताइएको छ । यसले जलवायुप्रति बैंकको प्रतिबद्धतालाई वास्तविक, मापनयोग्य कार्यमा बदल्नुपर्ने बैंकको विश्वासलाई थप सुदृढ पारेको छ ।
यसलाई निरन्तरता दिँदै भविष्यमा बैंकले आफ्नो कार्बन उत्सर्जनको मापनमा थप पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न थप कर्जाका वर्गहरू पनि समावेश गर्ने लक्ष्य राखेको छ । यी कार्यहरू लक्ष्मी सन्राइज बैंकको दिगोपन रणनीतिको अभिन्न अंग बन्न गएको जनाइएको छ ।