site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
फ्लाईदुबई : भुइँ छोड्नासाथ ठूलो आवाजसहित जहाज थर्कियो 

काठमाडौं । फ्लाईदुबईको बोइङ ७३७ जहाजका पाइलटले नेपाल नागरिक उडड्यन प्राधिकरणलाई प्रारम्भिक विवरणबारेमा इमेलमार्फत जानकारी पठाएका छन् । 

सोमबार फ्लाईदुबईको जहाजले काठमाडौं–दुबई उडान भर्ने क्रममा ‘टेक अफ’ गर्नासाथ आगोको मूस्लो र चर्काे आवाजको सामना गर्नुपरेको थियो ।

विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ‘रनवे २०’ बाट ९ः१९ मा ‘टेक अफ’ लियो । 

जहाजले भुइँ छाड्नासाथ (काठमाडौं भीओआर) मा पुगेपछि पाइलटले ठूलो आवाज आएको र थर्किएको महसुस गरेको इमेलमा उल्लेख गरेका छन् ।

त्यसपछि पाइलटले ‘मेडेमेडे डिक्लियर’ गरेपछि इन्जिन आउट प्रोसुडर (ईओपी) पालना गरेका थिए । 

ईओपी भनेको पाइलटले एउटामात्र इन्जिनमा कसरी उडान गर्ने भन्ने निर्देशिका हुन्छ । पाइलटले काठमाडौं भीओआरबाट ईओपी निर्देशिका अवलम्बन गरेका थिए ।

त्यसपछि पाइलटले जहाज सिंगल इन्जिनमा उचाइ लिनको लागि क्लाइम्ब गरिरहे । विमान सिंगल इन्जिनमा धार्केको आकाशमा रहेको (धार्के प्वाइन्ट) मा पुगेको थियो ।

जहाजले धार्के प्वाइन्टमा १४ मिनेट घुमेको थियो । जतिबेला जहाज २० हजार ८०० फिटको उचाइमा थियो । 

धार्के  प्वाइन्टमामात्र पाइटलले २ नम्बर इन्जिनमा आगोको मुस्लो देखिएको जानकारी पाएको इमेलमा बताएका छन् ।

“काठमाडौंबाट उड्नेबित्तिकै विमानको इन्जिनबाट आगो निस्किएको क्याबिन क्रुबाट थाहा भयो,” इमेलमा लेखिएको छ ।
 
इमेलमा १४ मिनेटमा त्यही प्वाइन्टमा घुमेर इन्जिन चेक गर्दा सबै ‘प्यारामिटर नर्मल’ रहेपछि गन्तव्यतर्फ लागेको इमेलमा उल्लेख गरेको प्राधिकरण स्रोतले जानकारी दियो ।

१४ मिनेट ‘होल्ड’ गरेर चेक गर्दा त्यसबेला जहाजको सम्पूर्ण इन्जिन नर्मल थियो ।

अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीका विमानले आपत्कालीन अवस्थामा सेटलाइट फोन वा भीएचएफ रेडियोबाट आफ्नो कम्पनीसँग प्राविधिक सल्लाह लिने हुँदा फ्लाईदुबईका पाइलटले पनि सोहीअनुसार लिएर निर्णय गरेको हुन सक्ने प्राधिकरण स्रोतको प्रतिक्रिया छ ।

पाइलटले पनि सोहीअनुसार आफ्नो कम्पनीसँग सल्लाह लिएर दुबई नै जाने निर्णय भएपछि उत्साही भएको बताएका छन् ।

पाइलटले दुबइमा रहेको मेन्टिनेन्स कन्ट्रोल सेन्टर (एमसीसी) जानकारी गराएका थिए ।

“हामीले घटनाबारे दुबईमा रहेको एमसीसीलाई व्याख्या गर्यौं,” फ्लाई दुबईका पाइलटले इमेलमा लेखेका छन्, “त्यसपछि दुवै इन्जिनका प्यारामिटरलाई सूक्ष्म ढंगले निगरानी गर्दै दुबई नै जाने योजनामा उत्साहित भयौं ।”
 
त्रिभुवन विमानस्थल एटीसीले रनवेमा चराहरुको प्वाँखहरू फेला परेको जानकारी गएपछि ‘बर्ड स्ट्राइक’ भएको शंकालाई अझ बलियो बनाएको पाइलटले इमेलमा उल्लेख गरका छन् ।
 
“क्रूज स्तरमा हामीलाई एटीसीद्वारा रनवेमा चराहरूको प्वाँख फेला परेको जानकारी गराइयो । हामीले बर्ड स्ट्राइक गरेको हाम्रो शंकालाई अझ बलियो बनायो,” उनले इमेलमा लेखेका छन् ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १४, २०८०  ०९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro