site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शब्दाङ्कुर कथा प्रतियोगिताका विजेताहरू पुरस्कृत
Tiktok banner adTiktok banner ad

काठमाडौं । साहित्यिक मासिक पत्रिका ‘शब्दाङ्कुुर’द्वारा आयोजित ‘शब्दाङ्कुर कथा प्रतियोगिता’का विजेताहरूलाई पुरस्कृत गर्दै ‘उत्कृष्ट दश कथा विशेष अंक’ सार्वजनिक गरेको छ ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रा. कृष्ण गौतमले कथाकार प्रा.डा. अजय रिसालको ‘मोबाइलको घन्टी’लाई प्रथम पुरस्कार प्रदान गरे । त्यस्तै, कार्यक्रममा कथाकार नन्दलाल आचार्यको ‘केटो कथा’ दोस्रो र अज्ञात युवकको ‘दुव्र्यवहार’लाई तेस्रो घोषित गर्दै पुरस्कार प्रदान गरे । 

उत्कृष्ट तीन कथाहरूलाई क्रमशः १० हजार, ६ हजार र पाँच हजार नगद राशिका साथै प्रमाणपत्र प्रदान गरियो ।

कार्यक्रमका प्रमुख अतिथि प्रा. गौतमले मन्तव्य दिँदै कथा लेखन साहित्यको प्राचीनतम् विधा भएको बताए । उनले प्राचीन समयदेखि नै एसियामा कथा, आख्यानजस्ता विधा प्रशस्त लेखिएका यथेष्ट प्रमाण रहेको उल्लेख गर्दै दक्षिण एसिया कथाको भण्डार भएको बताए ।

कार्यक्रममा समालोचक ज्ञानु अधिकारीले सार्वजनिक उत्कृष्ट १० कथाहरूमाथि समीक्षात्मक टिप्पणी गरिन् । उनले कथाहरूमा सामाजिक यथार्थ चित्रण प्रशस्त देखिएको बताइन् ।

शब्दाङ्कुर मासिकका सल्लाहकार प्रा.डा. जीवेन्द्रदेव गिरीले सार्वजनिक गरिएका कथाहरू सामाजिक धारामा लेखिएको हुँदा तिनले सामाजिक यथार्थ उजागर गर्नेे बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १०, २०८०  ०८:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro