site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अपराह्नपछि पश्चिम तराईमा हावाहुरीको सम्भावना, सतर्क रहन आग्रह
फाइल तस्बिर

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना रहेको छ । कोसी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ ।

कोसी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा आज दिउँसो मेघगर्जन र चट्याङसहित हल्का वर्षाको  सम्भावना रहेको छ । अपराह्नपछि पश्चिम तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ ।

कोसी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्यतया बदली रहनेछ । विभागका अनुसार बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । 

विभागले आज राति कोसी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

देशका केही भू–भागमा मेघगर्जन र चट्याङसहित वर्षाको  सम्भावना रहेको र तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेकाले यसको जोखिमबाट बच्न आवश्यक सतर्क हुन विभागले आग्रह गरेको छ । 

हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ ।


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ०५:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro