site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाका कारण थप एकजनाको मृत्यु, १०६ नयाँ संक्रमित
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा एक कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार २६ जनाको मृत्यु भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो २४ घण्टामा १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार ८८३ वटा स्वाब नमुनाको परीक्षण गरिएकामा १०६ को नतिजा पोजिटिभ आएको हो । ५८१ नमुनाको पीसीआर परीक्षण गर्दा ६४ र एक हजार ३०२ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा देशभर ४६ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या नौ लाख ९० हजार ९७ पुगेको छ ।

Global Ime bank

हाल देशभर २५ संक्रमित आइसोलेसनमा छन् । अस्पतालमा रहेका कोरोना संक्रमितमध्ये सात आईसीयू र तीनजना भेन्टिलेटरमा उपचाररत छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ४१४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, वैशाख ८, २०८०  १६:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement