site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
माइक्रोसफ्टविरुद्ध मुद्दा हाल्ने मस्कको चेतावनी
फाइल तस्बिर ।

काठमाडौं । अमेरिकी अर्बपति उद्यमी एलन मस्कले माइक्रोसफ्टविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी दिएका छन् । माइक्रोसफ्टले गैरकानुनी रूपमा ट्विटरको डाटा प्रयोग गरी प्रशिक्षण लिएको भन्दै उनले यस्तो धम्की दिएका हुन् ।

ट्विटरको एपीआईका लागि पैसा तिर्नुपर्ने भएको छ । सोही कारण माइक्रोसफ्टको विज्ञापन प्लेटफर्मले ट्विटरमा ‘सपोर्ट’ नदिने घोषणा गरेको थियो । त्यसपछि मस्कले यस्तो चेतावनी दिएका हुन् ।

ओपन एआईले आफ्नो ठूलो भाषा मोडललाई ‘ट्रेन’ गर्नका लागि ट्विटरको डाटा प्रयोग गरेको थियो । तिनै भाषाको मोडल प्रयोग गरिएका च्याटजीपीटी र अरू एआई टुल बनाइरहेको ओपनएआईमा माइक्रोसफ्टले १० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गरेको छ ।

मस्कले साँच्चै माइक्रोसफ्टविरुद्ध मुद्दा हाल्छन्/हाल्दैनन् भन्ने निश्चित छैन । यसअघि पनि उनले यस्तै कतिपय विषयमा मुद्दा हालेका छैनन् ।

माइक्रोसफ्टले यस विषयमा कुनै टिप्पणी गरेको छैन । ट्विटरले पनि कुनै जानकारी दिएको छैन । माइक्रोसफ्टको विज्ञापन प्लेटर्फमले यसको सोसल मिडिया म्यानेजमेन्ट टुलबाट अप्रिल २५ तारिखदेखि ट्विटरमा पहुँच पाउन नसकिने जनाएको छ ।

ट्विटरले यो एपीआईका लागि माइक्रोसफ्टजस्ता कम्पनीलाई मासिक ४२ हजार अमेरिकी डलरसम्म तिर्नुपर्ने जानकारी गराएको छ । एपीआई निःशुल्क नपाउने भएपछि माइक्रोसफ्टले पहुँच नदिने घोषणा गरेको देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ११:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro