site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
मौन अवधि आज राति १२ बजेबाट लागु हुने, प्रचार गर्न नपाइने  

काठमाडौं । उपनिर्वाचनको मौन अवधि बिहीबार (आज) राति १२ बजेबाट सुरु हुने भएको छ ।

निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए । 

Argakhachi Cement Island Ad

“उपनिर्वाचनको प्रचारप्रसार वैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइन्छ । त्यसपछिको अवधि प्रचार गर्न नपाइने अवधि हो,” उनले बाह्रखरीसँग भने । 

चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदै छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०८०  ०६:२३
प्रतिक्रिया दिनुहोस्