site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
महासंघका नवनिर्वाचित पदाधिकारी र गभर्नरबीच भेटवार्ता, ब्याजदर घटाउने विषयमा छलफल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी तथा कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेटवार्ता गरेको छ ।

बुधबार अध्यक्ष ढकालले भेटका क्रममा नेपाली अर्थतन्त्र न्यून माग र उच्च मूल्यवृद्धिका कारण समस्यामा रहेकाले केन्द्रीय बैंकले समाधानका उपाय अवलम्बन गर्न आवश्यक रहेको बताए ।

Dabur Nepal
NIC Asia

बजारमा तरलता पर्याप्त हुँदाहुँदै पनि बजारमा माग नभएकाले कर्जा प्रवाह हुन नसकेको उनले बताए । उनले ब्याजदर घटाउन केन्द्रीय बैंकले उपलब्ध सबै उपकरण प्रयोग गरेर कर्जाको ब्याजदर घटाउनुपर्नेमा जोड दिए ।  

निजी क्षेत्रमा देखिएको असहज परिस्थितिका कारण धेरै ऋणीहरूले कर्जाको सावाँ ब्याज तिर्न नसक्ने अवस्था भएको हुँदा असार मसान्तसम्मका लागि पुर्नसंरचना र पुर्नतालिकीकरणको सुविधा दिनुपर्ने अध्यक्ष ढकालले बताए । बैंकहरूको खराब कर्जासमेत बढन सक्ने हुँदा उक्त सुविधा दिइनुपर्नेमा उनको जोड थियो ।

सो अवसरमा गभर्नर अधिकारीले उद्योग वाणिज्य महासंघका सुझावलाई सकारात्मक रूपमा लिएर कार्यान्वन गरिने आश्वासन दिए । उनले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा, बजेट र मौद्रिक नीतिमार्फत पनि महासंघका सुझावहरू समावेश गरिने जानकारी दिए । साथै महासंघसँगको सहकार्य राष्ट बैंकका लागि पनि महत्त्वपूर्ण रहेको उनको धारणा थियो ।

भेटमा महासंघका नवनिर्वाचित पदाधिकारीहरू, कार्यकारिणी समितिका सदस्यहरूको सहभागिता थियो । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro