site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोरोनाका कारण थप दुईजनाको मृत्यु, २४ घण्टामा १७१ संक्रमित 
सेती प्रादेशिक अस्पतालको दृष्य । फाइल तस्बिर ।

काठमाडौं । कोरोना संक्रमणका कारण नेपालमा थप दुईजनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाका कारण दुईजनाको मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा कोरोनाका कारण १२ हजार २५ जनाको मृत्यु भएको छ ।

Dabur Nepal
NIC Asia

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का १७१ संक्रमित थपिएका छन् । दुई हजार २९२ वटा स्वाब नमुनाको परीक्षण गर्दा १७१ जनामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा ८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३९७ छ ।

अहिले काठमाडौंका अस्पतालमा २२ जना भर्ना भएका छन् । तीमध्ये आठ आईसीयू र चारजना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले मंगलबार जनाएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ५, २०८०  १६:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro