site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
ट्रेकिङ जाँदा गाइड र पोटरको १० लाखको बिमा कसरी हुन्छ ?
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

पोखरा । पदयात्राका लागि जाने पर्यटकले नै गाइड (पथप्रदर्शक)देखि पोटर (कामदार)सम्मलाई १० लाख रुपैयाँ बराबरको बिमा गरिदिनुपर्ने भएको छ । गण्डकी प्रदेश पर्यटन ऐन, २०७९ लाई टेकेर उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश पर्यटन नियमावली जारी गरेको छ ।

गएको चैत ३० गते राजपत्रमा प्रकाशित नियमावली अनुसार गण्डकी प्रदेशका पर्यटकीय क्षेत्रमा ट्राभल वा ट्रेकिङका लागि जाँदा पर्यटकले व्यक्तिगत दुर्घटना बिमा बापतको शुल्क बेहोर्नुपर्ने व्यवस्था थपिएको हो । जसअनुसार पदयात्रा सुरु भएर समाप्त नहुँदासम्म पर्यटकले आफ्नो साथमा जाने पथप्रदर्शकदेखि साथमा जाने अन्य सहयोगीहरूको बिमा गरिदिनुपर्ने हुन्छ ।

नियम १३ को उपनियम १ अनुसार, 'पर्यटकले ट्राभल वा ट्रेकिङका लागि प्रस्थान गर्नुअघि आफ्नो साथमा जाने कामदारको नाइके तथा कामदारलाई ट्राभल वा ट्रेकिङ एजेन्सीको अभियान समाप्त गरी नफर्केसम्मका लागि नेपालभित्र संस्थापित बिमा कम्पनीबाट दस लाख रुपैयाँमा नघट्ने गरी दुर्घटना बिमा गराउनुपर्नेछ ।'

Prabhu Bank
Agni Group
NIC Asia

पर्यटकले ट्रेकिङ जानको लागि नेपाल सरकारबाट मान्यता प्राप्त ट्रेकिङ एन्ड ट्राभल एजेन्सीमार्फत टिप्स कार्ड लिनु पर्छ । टिप्स कार्ड लिन सार्क राष्ट्रका लागि एक हजार र विदेशीका लागि २ हजार रुपैयाँ लाग्छ । पर्यटकले टिप्स कार्ड लिएपछि उक्त गाइड र पोटरको १० लाखको बिमा लागु हुनेछ । १० लाखको बिमा पर्यटकको तर्फबाट गरिदिनु पर्ने भए पनि पर्यटकले १० लाख रुपैयाँ नै बिमा कम्पनीलाई बुझाउनु पर्ने छैन ।  टिप्स कार्ड लिन बित्तिकै स्वतः पर्यटकका तर्फबाट १० लाखको बिमा हुनेछ । 

केही दिनअघिमात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशी पर्यटकका लागि लिइँदै आएको टिम्स कार्डको मूल्य बढाउने खालको पदयात्री सूचना व्यवस्थापन प्रणालीलाई व्यवस्थित गर्ने सम्बन्धी मापदण्ड, २०७९ स्वीकृत गरेको थियो ।

Global Ime bank

संघले बनाएको उक्त मापदण्ड अनुसार टिम्स कार्ड नबोकी र गाइड नलिई पदयात्रामा निस्किने पर्यटकलाई जरिबाना तिराउने उल्लेख छ । ट्रेकिङ कम्पनीमार्फत टिम्स कार्ड लिनुपर्ने व्यवस्था मापदण्डमा छ ।

गण्डकीले जारी गरेको नियमावलीले पर्यटकले नै बिमा गरिदिनुपर्ने व्यवस्था थपेको छ । ट्राभल वा ट्रेकिङमा जाँदा हुन सक्ने सम्भावित जोखिमलाई मध्येनजर गरी बिमाको व्यवस्था राखिएको मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

उपनियम २ ले त्यसरी ट्राभल वा ट्रेकिङमा जाँदा बिमा गरिएको व्यक्तिको दुर्घटनामा परी अंगभंग वा मृत्य भएमा इच्छाएको व्यक्ति र सो व्यक्ति पनि नभए हकवालालाई बिमा रकम दिनुपर्ने उल्लेख गरेको छ । मृतकले इच्छाएको व्यक्तिलाई बिमाबापतको उक्त रकम उपलब्ध गराउने काम पर्यटक र ट्राभल वा ट्रेकिङको लागि इजाजतपत्र प्राप्त भएको व्यक्तिको हुने उल्लेख गरिएको छ ।

इच्छाइएको व्यक्ति नाबालक भएको खण्डमा बालिक नभएसम्मको उसको पालनपोषणको व्यवस्था इजाजतप्राप्त व्यक्तिले रकम उपलब्ध गराएपछि कार्यालयले गर्नेछ ।

पर्यटकले नै दुर्घटना बिमा अन्तर्गत नै कामदारको नाइके वा कामदार दुर्घटनामा परी अंगभंग नभए पनि चोटपटक लागेर औषधोपचारका लागि पाँच लाखको बिमा गर्नुपर्ने नियमावलीमा उल्लेख छ ।

मन्त्रालयका सचिव बद्रीराज ढुंगानाले भने हरेकपटक एउटै पर्यटकले मात्रै १० लाख बराबरको बिमा गर्ने नभई वार्षिक रूपमा लाग्ने प्रिमियमको केही हिस्सामात्रै तिरे पुग्ने बताउँछन् ।

“कम्पनीले नै प्याकेज तोक्दा त्यसमा बिमा पनि जोडिएको हुन्छ । हरेकपटक जाँदा १० लाखको बिमा भन्ने हुँदैन । पर्यटकले आफ्नो यात्रा कति दिर्न गर्छ, सोही अनुसार लाग्ने प्रिमियम तिर्ने हो,” उनले भने ।

पर्यटन ऐनको दफा ३ अनुसार ‘ट्राभल तथा ट्रेकिङ एजेन्सी’ ले अनिवार्य रूपमा इजाजतपत्र लिनुपर्ने व्यवस्था गरेको छ । नियमावलीको अनुसूची २ अनुसार इजाजतपत्र पाउने ट्राभल तथा ट्रेकिङ एजेन्सीले सरकारले तोकिदिएको क्षेत्रमा मात्र पर्यटकलाई लैजान पाउँछन् । पर्यटकबाट लिने शुल्कको विवरण पनि उनीहरूले मन्त्रालयमा बुझाउनुपर्ने हुन्छ । 

पथप्रदर्शकले मद्यपान गर्न नपाउने
पथप्रदर्शकको काम गर्नेलाई मदिरा सेवन गर्न नपाइने व्यवस्था ऐनले गरेको छ । ऐनको दफा १४ देखि १९ सम्म पथप्रदर्शकको व्यवस्था छ । ती दफाहरूका अनुसार इजाजतपत्र लिनुपर्ने, वर्गीकरण हुने, इजाजतपत्रको समय पाँचवर्षको हुनेदेखि नवीकरण, प्रतिलिपिसम्मको व्यवस्था छ ।

दफा १८ मा पथप्रदर्शकको आचारसंहिता उल्लेख छ । उक्त आचारसंहिता अनुसार पथप्रदर्शकले आफूलाई पथप्रदर्शक बनाउन पर्यटकलाई बाध्य पार्न हुँदैन । आफ्नो इजाजतपत्र अरूलाई दिन पनि हुँदैन र मादक पदार्थ सेवन गर्न हुँदैन । अन्यथा इजाजतपत्र खारेज हुने व्यवस्था ऐनले गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  २१:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC