site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
८०४ भित्तेपात्रोलाई स्वीकृति

काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले वि.सं. २०८० का लागि ८०४ भित्तेपात्रो (क्यालेन्डर)लाई स्वीकृति दिएको छ ।

भित्तेपात्रो प्रकाशन गर्नेले समितिको स्वीकृति लिनुपर्ने गरी सरकारले ०७७ पुस २० गते गठन आदेश जारी गरेको थियो । गठन आदेशबमोजिम ०८० का लागि हालसम्म ८०४ भित्तेपात्रोले स्वीकृति पाएको र अहिले पनि केही भित्तेपात्रो प्रकाशन गर्ने संस्था स्वीकृति लिने क्रममा रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए ।

सरकारले जारी गरेको समितिको गठन आदेश ०७८ असार महिनामा नेपाल राजपत्रमा प्रकाशन भएको र सोबमोजिम ०७९ देखि समितिसँग स्वीकृति लिएर भित्तेपात्रो प्रकाशन हुन थालेको हो । गत वर्ष करिब एक हजार भित्तेपात्रो स्वीकृति लिएर प्रकाशन गरिएको थियो ।

समितिको स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोलाई कारबाही प्रक्रिया पनि अघि बढाइएको जानकारी उनले जानकारी दिए ।

स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोको अनुगमनका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका संस्कृति महाशाखा प्रमुखको संयोजकत्वमा गृह मन्त्रालयसहित सरोकार भएका निकायका प्रतिनिधि सदस्य रहेको अनुगमन समिति गठन गरिएको छ ।

उक्त समितिअन्तर्गत पञ्चाङ्गकार मुरारीराज पाण्डेको संयोजकत्वमा उपसमिति पनि गठन गरिएको र सो समितिमा संस्कृति र गृह मन्त्रालयका शाखा अधिकृत सदस्य रहेका छन् । समिति र उपसमितिले अनुगमन गरी स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोलाई कारबाही गर्न लागेको हो । समितिले आजैदेखि अनुगमन सुरु गरेको जनाइएको छ ।

स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोमा तिथि, मिति, चाडपर्वलगायतमा दोहोरोपन आउन थालेकाले सरकारले यस्तो व्यवस्था गरेको हो । समितिले अनलाइनबाटै भित्तेपात्रो प्रकाशनका लागि फाराम भरेर स्वीकृति लिन सक्ने व्यवस्था पनि गरेको छ । रासस

प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १२:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro