site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चैतसम्मको राजस्व संकलन निराशाजनक

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० का नौ महिनामा लक्ष्यको ४८.७३ प्रतिशत मात्र राजस्व संकलन भएको छ । महालेखा नियन्त्रक कार्यालका अनुसार चैत मसान्तसम्म ६ खर्ब ८३ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन भएको हो ।

सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब तीन अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । लक्ष्य पूरा गर्न अब बाँकी तीन महिनामा सात खर्ब १९ अर्ब ३४ करोड रुपैयाँ राजस्व संकलन गर्नुपर्ने हुन्छ ।

यो अवधिमा कर राजस्वबापत ६ खर्ब १६ अर्ब ११ करोड रुपैयाँ संकलन भएको छ । गैरकर राजस्वबापत ६७ अर्ब ६८ करोड रुपैयाँ संकलन भएको छ । अनुदानबापत सरकारलाई चार अर्ब ८० करोड रुपैयाँ प्राप्त भएको महालेखाले जनाएको छ ।

गत वर्षको चैत मसान्तसम्म लक्ष्यको ६६.८५ प्रतिशत राजस्व संकलन भएको थियो । महालेखाका अनुसार सरकारले गत वर्ष ११ खर्ब ८० अर्ब ६० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । चैत मसान्तसम्म सात खर्ब ८९ अर्ब २६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

गत आर्थिक वर्षको चैत मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्म १३.३६ प्रतिशत अर्थात् एक खर्ब पाँच अर्ब ४५ करोड कम राजस्व संकलन भएको छ ।

यो वर्ष लक्ष्यानुसार राजस्व संकलन नहुने देखिएको छ । अर्थतन्त्रमा समस्या निम्तिएकाले सरकारले आयातमा गरेको कडाइका कारण सोचेअनुरूप राजस्व संकलन हुन नसकेको अर्थशास्त्रीको अनुमान छ । यो वर्ष लक्ष्य पूरा नहुने पनि अर्थशास्त्री रेशम थापा बताउँछन् ।

गत आर्थिक वर्षको अन्त्यसम्म लक्ष्यको ९२.७४ प्रतिशत मात्र राजस्व संकलन भएको थियो । गत वर्षको असार मसान्तसम्म नौ खर्ब ३८ अर्ब ३२ करोड रुपैयाँ राजस्व संकलन भएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ३, २०८०  १२:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro