site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भारतीय नेत्रहीन महिला टिमसँगको ट्वान्टी–२० शृंखलाका लागि नेपाली टिमको घोषणा

काठमाडौं । नेपाल नेत्रहीन क्रिकेट संघले भारतसँग हुने नेत्रहीन ट्वान्टी–२० महिला क्रिकेट शृङ्खलाका लागि १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरेको छ । 

नेपालले वैशाख १२ गतेदेखि १७ गतेसम्म भारतीय नेत्रहीन महिला क्रिकेट टिमसँग पाँच खेलको ट्वान्टी–२० शृङ्खला खेल्ने तय भएको छ । यसका लागि नेपाली टिमका मुख्य प्रशिक्षक रिजन प्रजुले सोमबार राष्ट्रिय टिमको घोषणा गरेका हुन् । पाँच खेलमध्ये शृङ्खलाका दुई खेल पोखरामा र तीन खेल काठमाडौंमा हुनेछ । नेपाली टिम प्रजुको प्रशिक्षणमा रहँदा सहायक प्रशिक्षकमा नहेन्द्र निरौला छन् ।

प्रशिक्षक प्रजुले २४ खेलाडीबाट राष्ट्रिय टिमका लागि अन्तिम १५ खेलाडी छानेका हुन् । नेपाली टिमले १७ गतेदेखि प्रशिक्षण सुरु गरिसकेको छ । संघका अनुसार नेपाली टिमको बन्द प्रशिक्षणका लागि अस्ट्रेलियन दूतावाससँगै अन्य संघ संस्थाहरूले सहयोग गरेका छन् ।

नेपाली टिम 

मुना अर्याल, रिता थापा, प्रतिभा राई, सरिता घिमिरे, मनकेशरी चौधरी, विमला राई, विनिता पुन, गीता पौडेल, दिल्लीशरा धमला, सुस्मा तामाङ, वनिता मगर सोमाई, कान्ती योगी, माया लुङ्गेली, निशा चौधरी, भगवती भट्टराई ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २०, २०७९  १५:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro