site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मिटरब्याजपीडित आज घर फर्कंदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । एक सातादेखि काठमाडौंमा रहेका मिटरब्याजपीडितहरू आज घर फर्कने भएका छन् । 

सरकारले अधिकार सम्पन्न उच्चस्तरीय आयोग गठन गर्ने भएपछि आन्दोलनमा रहेका मिटरब्याजपीडितहरू घर फर्कने भएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरूका लागि घरसम्म जानका लागि सवारीसाधनको व्यवस्था भइरहेको संघर्ष समितिका सदस्य संघर्ष दाहालले बताए । 

“आज बेलुका घर पठाउने पहल भइरहेको छ । हामी गाडीको बन्दोबस्त गरिरहेका छौँ,” उनले भने, “अहिले उहाँहरूको स्वास्थ्य परीक्षण पनि भइरहेको छ । धेरैको स्वास्थ्य अवस्था सामान्य नै देखिएको छ ।”

Global Ime bank

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि पीडितलाई भेट गरी घर जान सुजाएका छन् । उनले आयोग गठन गर्न र काम अगाडि बढाउन केही समय लाग्ने भएकाले सरकारले प्राथमिकता दिएर पीडितको हितमा काम गर्ने बताएका छन् ।

तराईका विभिन्न जिल्लाबाट मिटरब्याज पीडितहरू ११ दिन पैदल हिँडेर चैत १३ गते काठमाडौं आएका थिए । आन्दोलनमा सहभागी हुन साना–साना बालबालिका साथमा लिएर महिलाहरू पनि आएका छन् । 

साहुहरूले आफूहरूलाई ज्यादति गरेको भन्दै त्यसको उचित निकासका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग पनि भेट गरिसकेका छन् । प्रधानमन्त्री प्रचण्डले पनि यो समस्या हल जसरी पनि गर्ने प्रतिबद्धता जनाएका छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत १९, २०७९  ११:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC